निर्वाचन कानुन संशोधनबारे संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल सुरु
सारांश
- निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ।
- संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई सहभागी गराएर आयोगले मंगलबार कान्तिपथस्थित आफ्नै कार्यालयमा छलफल अगाडि बढाएको हो।
- निर्वाचन प्रणालीलाई थप व्यवस्थित र परिष्कृत बनाउने उद्देश्यले ल्याइएको यो मस्यौदामाथि दलहरूले दिने सुझावलाई समेटेर पुनः सरकारमार्फत संसद्मा लैजाने आयोगको तयारी छ।
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि राजनीतिक दलहरूसँग औपचारिक छलफल सुरु गरेको छ।
संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई सहभागी गराएर आयोगले मंगलबार कान्तिपथस्थित आफ्नै कार्यालयमा छलफल अगाडि बढाएको हो।
आयोगले सातवटा ऐनलाई एकीकृत गरी तयार पारेको विधेयकको मस्यौदा २०८० असार १८ गते नै सरकारलाई बुझाएको थियो। लामो समयसम्म गृह मन्त्रालयमा थन्किएको उक्त मस्यौदा संसद् विघटनपछि गृहले पुनः आयोगमै फर्काइदिएको थियो। सोही मस्यौदामा आवश्यक सुझाव र प्रतिक्रिया लिन आयोगले यही वैशाख १५ गते दलहरूलाई पत्राचार गरेको थियो।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम शक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चा र नेपाल मजदुर किसान पार्टी लगायतका राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ। आयोगका तर्फबाट कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र अन्य आयुक्तहरूको उपस्थितिमा दलहरूसँग राय लिने काम भइरहेको छ।
निर्वाचन प्रणालीलाई थप व्यवस्थित र परिष्कृत बनाउने उद्देश्यले ल्याइएको यो मस्यौदामाथि दलहरूले दिने सुझावलाई समेटेर पुनः सरकारमार्फत संसद्मा लैजाने आयोगको तयारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्कास्पद पार्किङ अस्वाभाविक : रवि लामिछाने
-
मन्त्री लम्सालको योजना अचम्मको छ, मेरो क्षेत्रमा बजेट नपरे पनि म प्रभावित भएँ : सांसद मगर
-
राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण
-
एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने
-
बाग्मतीका पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता दिन सुरु
-
स्ट्रेट अफ होर्मुज भएर जाने जहाजबाट २० प्रतिशत टोल फी असुल्न खोज्दैछन् ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण