संघीय सरकारको रवैयाले विपन्न नागरिक विस्थापनको जोखिम बढ्यो : मुख्यमन्त्री आचार्य
सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारको रवैयाले विपन्न नागरिक विस्थापन हुने जोखिम बढेको चिन्ता व्यक्त गरेका छन्।
- मुख्यमन्त्री आचार्यले संघीय सरकारले बहुमतको दम्भमा निमुखा नागरिकमाथि अन्याय गरिरहेको र भूमिहीन सुकुम्बासीलाई घरवारविहीन बनाइरहेको आरोप लगाए।
- उनले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या संवेदनशील भएकाले संघीय सरकारलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गरेका छन्।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारको रवैयाका कारण विपन्न नागरिक विस्थापन हुने जोखिम बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
बर्दियाको मधुवन नगरपालिकामा विभिन्न संघसंस्था तथा राजनीतिक दलका अगुवासँग आयोजित छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले संघीय सरकारले बहुमतको दम्भ देखाउँदै निमुखा नागरिकमाथि अन्याय गरिरहेको आरोप लगाए।
उनले भूमिहीन सुकुम्बासीमाथि पहिलो प्रहार गरिएको दाबी गर्दै अव्यवस्थित बसोबासको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्नुको सट्टा नागरिकलाई घरवारविहीन बनाउने काम भइरहेको बताए।
मुख्यमन्त्री आचार्यले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या संवेदनशील विषय भएकाले हचुवाको भरमा निर्णय गर्न नहुने उल्लेख गरे। उनले संघीय सरकारलाई यस्ता नागरिकको समस्या समाधानमा जिम्मेवार र संवेदनशील बन्न आग्रह समेत गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाैरीघाटकाे बाढी बढ्दै, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
-
काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीकाे बिदाइ
-
देउवा पक्षीय नेतालाई चन्द्र भण्डारीले भने, ‘डेरा खोज्दै हिँड्ने होइन, सानेपामा आएर बहस गर्नुस्’
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द
-
यी पाँच प्रमुख पक्षले तय गर्नेछ विश्वकप २०२६ फाइनलको नतिजा
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण