कैलालीमा दुई किशोरी मृत फेला
मङ्गलबार, २९ वैशाख २०८३, १४ : ५९
सारांश
- कैलालीको गोदावरी नगरपालिकामा दुई किशोरी मृत फेला परेका छन्।
- एक १६ वर्षीया र अर्की १५ वर्षीया किशोरी आ-आफ्नो घरको कोठामा पङ्खामा झुन्डिएको अवस्थामा भेटिएकी हुन्।
- प्रहरीका अनुसार दुवै किशोरी एसईईको नतिजाबाट असन्तुष्ट रहेकाले यस्तो कदम चालेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
धनगढी । कैलालीको गोदावरीमा दुई किशोरी मृत फेला परेका छन् ।
मंगलबार गोदावरी नगरपालिका -५ गेटामा १६ वर्षीय र सोही नगरपालिका वडा नम्बर-८ स्थित स्याउलेकी १५ वर्षीय किशोरी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनीहरू आ-आफ्नो घरकै कोठामा पङ्खामा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी याेगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
उनीहरूले किन यस्तो निर्णय गरे भन्ने विषयमा सोधपुछ गर्दा दुवै किशाेरी एसईईको नतिजाप्रति सन्तुष्ट नरहेको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण