राष्ट्रिय सभामा ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक’ सम्बन्धी प्रतिवेदन पेश
सारांश
- विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले राष्ट्रिय सभामा ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका छन्।
- विधेयकले नेपालको मौलिक कला, संस्कृति, भाषा, परम्परा तथा विभिन्न समुदायका अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
- यो विधेयकले सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारलाई आ–आफ्नो क्षेत्रभित्रका अभौतिक सांस्कृतिक सम्पदाहरूको पहिचान, संकलन तथा संरक्षण गर्ने स्पष्ट अधिकार दिएको छ।
काठमाडौँ । विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले राष्ट्रिय सभामा ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका छन्।
राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा सभापति रोकायले उक्त विधेयकमाथि समितिमा भएको दफावार छलफल, प्राप्त सुझाव तथा संशोधनसहितको प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेका हुन्।
विधेयकले नेपालको मौलिक कला, संस्कृति, भाषा, परम्परा तथा विभिन्न समुदायका अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ। प्रतिवेदन प्रस्तुत गर्दै सभापति रोकायले यो विधेयकले सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारलाई आ–आफ्नो क्षेत्रभित्रका अभौतिक सांस्कृतिक सम्पदाहरूको पहिचान, संकलन तथा संरक्षण गर्ने स्पष्ट अधिकार दिएको बताए।
समितिले सरोकारवाला निकायहरू तथा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग विस्तृत छलफल गरी प्राप्त भएका महत्वपूर्ण सुझावका आधारमा यो प्रतिवेदन तयार पारेको सभापति रोकायले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकलाई ककरोच जनता पार्टीको पत्र
-
चर्चित युट्युबर मिस्टरबिस्टले गरे विवाह
-
युक्रेनले रूसको अनलाइन रिटेल कम्पनीका थप दुई वटा गोदाममा गर्यो आक्रमण
-
सुकुमबासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण