मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिफा विश्वकपको फाइनलमा हाफटाइम सोः शकिराले प्रस्तुति दिने

बिहीबार, ३१ वैशाख २०८३, १४ : ५८
बिहीबार, ३१ वैशाख २०८३

न्यु जर्सी । फिफा विश्वकपको फाइनलमा इतिहासमै पहिलो पटक हाफटाइम सो हुने भएको छ ।

यसमा विश्वप्रसिद्ध कलाकारहरू शकिरा, म्याडोना र के–पप समूह बीटीएस मुख्य आकर्षणका रूपमा प्रस्तुत हुने भएका छन् । फिफाले बिहीबार इन्ष्टाग्राम मार्फत सार्वजनिक गरेको जानकारीअनुसार यो सो जुलाई १९ मा न्यू जर्जीको मेटलाइफ स्टेडियममा हुने फाइनल खेलका क्रममा आयोजना हुनेछ । यो विश्वभरका लाखौँ दर्शकले प्रत्यक्ष र टेलिभिजनमार्फत हेर्ने अपेक्षा गरिएको छ । 

यो हाफटाइम सो बेलायती सांगितिक समूह कोल्डप्लेका क्रिस मार्टिनद्वारा क्युरेट गरिनेछ । यसलाई गैरनाफामूलक संस्था ग्लोबल सिटिजनसँगको सहकार्यमा गरिनेछ । कार्यक्रमबाट संकलित रकम फिफा ग्लोबल सिटिजन एजुकेसन फन्डमा जानेछ, जसले विश्वभर बालबालिकाको शिक्षा र फुटबल पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ । 

फिफाका अनुसार विश्वकपको प्रत्येक टिकटबाट १ अमेरिकी डलर उक्त कोषमा योगदान गरिनेछ, जसको लक्ष्य करिब १० करोड डलर संकलन गर्नु हो । कार्यक्रममा बीटीएसको विशेष उपस्थिति पनि रहनेछ, जसलाई घोषणा भिडियोमा देखाइएको छ । यसअघि फिफा अध्यक्ष जियानी इन्फेंटिनोले यो प्रदर्शनलाई विश्वकै सबैभन्दा ठुलो खेल प्रतियोगितालाई सुहाउँदो ऐतिहासिक क्षण हुने बताएका थिए ।

फुटबलको नियमअनुसार हाफटाइम १५ मिनेटमै सीमित हुन्छ । तर यो ठुलो सांगीतिक प्रस्तुति समेट्नका लागि सुपर बाउलमा जस्तै समय ढाँचा परिवर्तन हुन सक्ने अनुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप