मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बेबी बम्पको तस्बिर सहित गायिका इन्दिरा : ‘गर्भावस्था सोचेभन्दा धेरै चुनौतीपूर्ण रहेछ’

बिहीबार, ३१ वैशाख २०८३, १५ : ४९
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • गायिका इन्दिरा जोशी आमा बन्दैछिन् र उनले जुम्ल्याहा सन्तानको आमा बन्न लागेको जानकारी दिएकी छन् ।
  • उनले सामाजिक सञ्जालमा आफ्नो बेबी बम्पसहितका आकर्षक तस्बिर सार्वजनिक गरेकी छन् ।
  • इन्दिराले गर्भावस्था आफूले सोचेभन्दा धेरै चुनौतीपूर्ण रहेको र महिलाले आफ्ना अनुभव खुला रूपमा साझा गर्नुपर्ने धारणा राखेकी छन् ।

काठमाडौँ । गायिका इन्दिरा जोशी आमा बन्दैछिन् । उनले सामाजिक सञ्जालमा आफ्नो बेबी बम्प फोटोसुटका आकर्षक तस्बिर सार्वजनिक गर्दै जुम्ल्याहा सन्तानको आमा बन्न लागेको जानकारी दिएकी छन् ।

उनले तस्बिर सहितको पोस्टमा गर्भावस्था आफूले सोचेभन्दा धेरै चुनौतीपूर्ण रहेको बताएकी छन् ।

उनले भनेकी छन्, ‘अहिलेसम्म जुम्ल्याहा बच्चासँगको यात्रामा मैले जे अनुभव गरेँ, त्यसपछि अब म आफूलाई यदि यो गर्न सक्छु भने जे पनि गर्न सक्छु भन्ने महसुस गरिरहेकी छु ।’

अघिल्ला पुस्ताका महिलाहरूले यस्ता कठिनाइबारे धेरै नबोलेको बताएकी उनले महिलाले आफ्ना अनुभव खुला रूपमा साझा गर्नुपर्ने धारणा राखेकी छन् ।

इन्दिराले फेसन डिजाइनर शरद केडियासँग सन् २०२३ मा विवाह गरेकी हुन् । विवाह अघि इन्दिरा र शरदको प्रेमको चर्चा राम्रै हुन्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप