विगतका असफल योजनालाई स्थान दिँदै प्रस्तुत गरियो कर्णालीको आगामी बजेटको प्राथमिकता र सिद्धान्त (पूर्णपाठ)
सारांश
- आर्थिक वर्ष २०८३/०८४ को बजेटका प्राथमिकता र सिद्धान्त कर्णाली प्रदेशका अर्थमन्त्री राजीवविक्रम शाहले प्रदेश सभामा प्रस्तुत गरेका छन् ।
- बजेट विनियोजन गर्दा कर्णालीको गरिबी र भोकमरी अन्त्य गरी 'समृद्ध कर्णाली सुखारी कर्णालीबासी'को दीर्घकालीन लक्ष्यलाई सँगाल्ने उल्लेख छ ।
- विगतका असफल कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ भने 'कर्णाली प्रदेश आयोजना बैंक'मा प्रविष्ट भएका र उच्च प्रतिफल दिने आयोजनालाई मात्र बजेटमा प्राथमिकता दिने नयाँ नीति लिइएको छ ।
सुर्खेत । कर्णालीमा आर्थिक वर्ष २०८३/०८४ को बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गरिएको छ । अर्थमन्त्री राजीवविक्रम शाहले बिहीबार प्रदेश सभा बैठकमा प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेका हुन् ।
कर्णालीको गरिबी, भोकमरीलाई अन्त्य गर्दै ‘समृद्ध कर्णाली सुखारी कर्णालीबासी’को दीर्घकालीन लक्ष्यलाई सँगाल्दै आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने शाहले उल्लेख गरे ।
४४ वटा बुँदामा प्रस्तुत गरेको प्राथमिकता र सिद्धान्तमा अधिकांश विगतकै कुरा दोहोर्याइएका छन् । साथै, कतिपय असफल कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ ।
‘सरकारले वि.सं. २१०० सम्मको दीर्घकालीन लक्ष्य ‘समृद्ध कर्णाली: सुखारी कर्णालीवासी’ भन्ने नारालाई मुख्य गन्तव्य बनाएर बजेट तय गरिएको छ,’ शाहले भने ।
साथै, जथाभावी योजना छनोट गर्ने परिपाटीलाई निरुत्साहित गर्न ‘कर्णाली प्रदेश आयोजना बैंक’ मा प्रविष्ट भएका र उच्च प्रतिफल दिने आयोजनालाई मात्र बजेटमा प्राथमिकता दिने नयाँ नीति लिइएको शाहले बताए ।
यद्यपि यो कार्यक्रम चालु आर्थिक वर्षदेखि नै सुरु भइसकेको छल ।
कर्णालीका रैथाने बालीहरूको उत्पादन बढाउन आधुनिक प्रविधि, ग्रेडिङ, प्याकेजिङ र ब्रान्डिङ गरी बजार विस्तार गर्ने कुरालाई प्राथमिकता दिइएको शाहले बताए ।
‘जडीबुटी तथा कृषिजन्य उद्योगलाई निजी क्षेत्रसँगको साझेदारीमा अघि बढाउने लक्ष्य छ,’ शाहले भने ।
जडीबुटी तथा कृषिजन्य उद्योगको स्थापना र उत्पादित कृषि उपजको मूल्य, बजारीकरण र उपयोगिता विस्तारका लागि शीतभण्डार लगायतका पूर्वाधार निर्माणलाई प्रोत्साहन गरिने कुरा उल्लेख छ । यो कार्यक्रम पहिलो कार्यकालदेखिनै समेटिँदै आएको तर कहिल्यै कार्यान्वयन नहुनेमा पर्छ ।
दशौँ राष्ट्रिय खेलकुद र स्पोट्र्स हब, फर्किएका जनशक्तिको उपयोग गर्ने जस्ता यसअघि कै प्राथमिकतालाई दस्ताबेजमा स्थान दिइएको छ ।
कर्णाली सरकारको विगतमै असफल कार्यक्रम हो,कर्णाली उज्यालो कार्यक्रम । त्यही कार्यक्रमलाई आगामी बजेटको प्राथमिकताको दस्ताबेजमा अर्थमन्त्री शाहले राखेका छन् ।
यो कार्यक्रम कहिले जलस्रोत तथा ऊर्जा त कहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यान्वयन गर्ने भन्दै बजेट विनियोजन हुँदै आएको छ । तर, कार्यान्वयन नहुँदै अलपत्र आयोजनाभित्र पर्छ, यो कार्यक्रम ।
यद्यपि शाहले पुनः यसैलाई अगाडि बढाउने सोच बनाएका छन् ।
प्राथमिकता र सिद्धान्तको पूर्णपाठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण