बोइङ ७३७ म्याक्स दुर्घटनामा ज्यान गुमाएकी युवतीको परिवारलाई ४ करोड ९५ लाख डलर क्षतिपूर्ति
सारांश
- बोइङ ७३७ म्याक्स दुर्घटनामा ज्यान गुमाएकी साम्या स्टुमोको परिवारलाई शिकागो अदालतले ४ करोड ९५ लाख अमेरिकी डलर क्षतिपूर्ति दिन आदेश दिएको छ ।
- जूरीले साम्याले भोगेको पीडा, परिवारले गुमाएको साथ र शोक तथा पीडाका लागि विभिन्न शीर्षकमा रकम प्रदान गरेको छ ।
- यो बोइङ ७३७ म्याक्स दुर्घटनासम्बन्धी दोस्रो ठुलो जूरी फैसला हो, जसमा ३४६ जनाको मृत्यु भएको थियो ।
सिकागो । अमेरिकाको शिकागोस्थित अदालतको एक जूरीले घरेलु विविमान निर्माता कम्पनी बोइङविरुद्ध फैसला सुनाउँदै २०१९ मा भएको इथोपियन एयरलाइन्सको फ्लाइट ३०२ दुर्घटनामा ज्यान गुमाएकी एक महिलाको परिवारलाई ४ करोड ९५ लाख अमेरिकी डलर क्षतिपूर्ति दिन आदेश दिएको छ ।
जूरीले बुधबार राति मृतक साम्या स्टुमोको परिवारलाई विभिन्न शीर्षकमा रकम प्रदान गरेको हो । अदालतले साम्याले दुर्घटनाको क्रममा भोगेको पीडाबापत २ करोड १० लाख डलर, परिवारले गुमाएको साथ–सहयोगका लागि १ करोड ६५ लाख डलर तथा परिवारको शोक र पीडाका लागि १ करोड २० लाख डलर दिने निर्णय गरेको छ ।
यो उक्त घातक दुर्घटनासम्बन्धी दोस्रो ठुलो जूरी फैसला हो । यसअघि नोभेम्बरमा अर्को जूरीले दुर्घटनामा ज्यान गुमाएका संयुक्त राष्ट्रसंघका एक वातावरणकर्मीको परिवारलाई २ करोड ८० लाख डलरभन्दा बढी क्षतिपूर्ति दिन बोइङलाई आदेश दिएको थियो । २०१८ र २०१९ मा बोइङ ७३७ म्याक्स विमानसँग सम्बन्धित इन्डोनेसिया र इथियोपियाका दुई घातक दुर्घटनामा कुल ३४६ जनाको मृत्यु भएको थियो । त्यसपछि बोइङविरुद्ध दर्जनौँ मुद्दा दायर भएका थिए ।
२४ वर्षीया साम्या स्टुमो गैरनाफामूलक संस्था थिंकवेलमा कार्यरत थिइन् । उनी इथियोपियाबाट केन्याको नैरोबी जाँदै गरेको उडानमा यात्रुका रूपमा सवार थिइन् । बोइङले दुर्घटनाप्रति आफ्नो जिम्मेवारी अस्वीकार नगरे पनि कम्पनीका उच्च अधिकारी र विमानका पार्टपुर्जा निर्माता विरुद्ध दायर दण्डात्मक क्षतिपूर्ति माग भने अदालतले खारेज गरेको थियो ।
अहिले स्टुमो परिवारका वकिलहरूले पुनः त्यस्ता दाबी बहाल गराउन पुनरावेदन अदालतको ढोका ढकढक्याइरहेका छन् । बोइङले यी दुई दुर्घटनासम्बन्धी अधिकांश देवानी मुद्दाहरू समाधान गरिसकेको छ । कम्पनीले क्षतिपूर्ति, गैर–अभियोग सम्झौता तथा अन्य भुक्तानीमार्फत अर्बौँ डलर खर्च गरिसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गरेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर, उपचार जारी
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सार्वजनिक
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण