पूर्वगृहमन्त्री गुरुङलाई छानबिन समितिमार्फत चोख्याउन लागिएको कांग्रेसको आशंका
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वगृहमन्त्री सुधन गुरुङलाई छानबिन समितिमार्फत चोख्याउन लागिएको आशंका व्यक्त गरेको छ ।
- कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले गठन गरेको समितिले सत्यतथ्य पत्ता लगाउनुको सट्टा गुरुङलाई सफाइ दिने प्रयास गर्न सक्ने आशंका गरेका हुन् ।
- पूर्वगृहमन्त्री गुरुङ विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानी तथा आर्थिक सम्बन्धका कारण विवादमा तानिएपछि गत ९ वैशाखमा पदबाट राजीनामा दिएका थिए ।
काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पूर्वगृहमन्त्री सुधन गुरुङलाई छानबिन समितिमार्फत चोख्याउन लागिएको आशंका गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले गठन गरेको छानबिन समितिले सत्यतथ्य पत्ता लगाउनुको सट्टा गुरुङलाई सफाइ दिने प्रयास गर्न सक्ने आशंका व्यक्त गरेका हुन् । आङदेम्बेले भने, ‘समितिले निष्पक्ष छानबिन गरोस्, चोख्याउने दाउ मात्र नगरोस् ।’
उनले गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताए । समिति गठन भएपछि आङ्देम्बेले त्यसलाई सकारात्मक कदम भनेका छन् । तर, उनले समितिको निष्पक्षतामै यसको विश्वसनीयता निर्भर रहने उल्लेख गरेका छन् । समितिले राजनीतिक प्रभावमा नपरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने आङदेम्बेको भनाइ छ ।
पूर्वगृहमन्त्री गुरुङ विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानी तथा आर्थिक सम्बन्धका कारण विवादमा तानिएका थिए । सार्वजनिक रूपमा प्रश्न उठेपछि गुरुङले गत ९ वैशाखमा नैतिकताको आधार देखाउँदै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।
राजीनामा दिएको तीन साता बितेपछि सरकारले छानबिन समिति गठन गरेको छ । सरकारले बिहीबार उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण