चीनले अमेरिकी तेलमा रुचि देखाएको खबरले बजारमा उत्साह
सारांश
- चीनले अमेरिकाबाट तेल खरिद गर्ने संकेत दिएपछि विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ ।
- ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १०७ डलर ६९ सेन्ट र वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) प्रतिब्यारेल १०३ डलर ४९ सेन्टमा किनबेच भइरहेको छ ।
- मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र स्ट्रेट अफ होर्मुज क्षेत्रमा जहाजमाथिको आक्रमणले पनि तेलको मूल्य बढाएको छ ।
बेइजिङ । विश्व बजारमा शुक्रवार कच्चा तेलको भाउ बढेको छ । चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाबाट तेल खरिद गर्ने संकेत दिएको बताएपछि बजारमा सकारात्मक प्रभाव परेको हो ।
बिहीबार बिहानी कारोबार देखि नै तेलको भाउ बढ्न थालेको थियो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार १ः५५ बजे लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ १ दशमलव ८६ प्रतिशतले बढेर प्रतिब्यारेल १०७ डलर ६९ सेन्टमा पुगेको थियो ।
सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) पनि २ दशमलव ३० प्रतिशतले बढेर प्रतिब्यारेल १०३ डलर ४९ सेन्टमा किनबेच भइरहेको थियो ।
तेलको मूल्य बढ्नुमा मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव पनि प्रमुख कारण मानिएको छ । विशेषगरी स्ट्रेट अफ होर्मुज क्षेत्रमा जहाजमाथि आक्रमण र नियन्त्रणमा लिने घटनाले आपूर्ति अवरुद्ध हुन सक्ने चिन्ता बढाएको छ ।
बिहीबार करिब ३० वटा जहाज स्ट्रेट अफ होर्मुज भएर सुरक्षित रूपमा आवतजावत गरेको इरानले जनाएको थियो । त्यसपछि पनि बजारमा अस्थिरता कायम रहेको विश्लेषकहरूले बताएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण