फोनपोइन्ट्सको '२.२ एनिभर्सरी डिल' सुरु, मात्र २ पोइन्टमा वासिङ मेसिनदेखि मोबाइलसम्म जित्ने मौका
काठमाडौं । डिजिटल रिवार्डिङ प्लेटफर्म 'फोनपोइन्ट्स' ले आफ्नो वार्षिकोत्सवको अवसरमा वर्षकै सबैभन्दा ठूलो '२.२ एनिभर्सरी डिल' रिवार्ड महोत्सव सुरु गरेको छ।
प्रयोगकर्ताको हरेक पोइन्टलाई विशेष मूल्य दिने उद्देश्यले ल्याइएको यस अभियानमा मात्र २ पोइन्ट खर्च गरेर आकर्षक उपहार र डिलहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
जेठ १४ गतेसम्म चल्ने यो महोत्सव विभिन्न तीन चरणमा विभाजित छ। जेठ १ गतेसम्म प्रि-डिल अफरहरू सञ्चालन भइरहेका छन् भने जेठ २ गते मुख्य 'एनिभर्सरी डिल' को विशेष दिन रहनेछ। यसैगरी, जेठ ३ गतेदेखि १४ गतेसम्म 'पोस्ट डिल' मार्फत थप दुई हप्तासम्म पुरस्कारहरू वितरण गरिनेछ।
यस अभियानमा खानेकुरा, जीवनशैली, यात्रा र मनोरञ्जनका विभिन्न क्षेत्र समेटिएका छन्।
यस महोत्सवको मुख्य आकर्षणको रूपमा मात्र २ पोइन्टमा हुण्डाईको ७ केजी वासिङ मेसिन, टाइटनको घडी र टाइटनको झोला प्राप्त गर्न सकिनेछ। त्यस्तै, २२२२ पोइन्टमा बेटर स्टार इन्डक्सन र मात्र २२२ पोइन्टमा अल्टिमा १९२ प्रो जस्ता ग्याजेटहरू रिडिम गर्ने अवसर प्रदान गरिएको छ।
यी उपहारहरूका लागि कम्पनीले निश्चित समय (टाइम ड्रप) निर्धारण गरेको छ। जसअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हरेक घण्टा इन्डक्सन र अल्टिमाका सामानहरू उपलब्ध हुनेछन् भने दिउँसो २:२२ बजे वासिङ मेसिन र बेलुका ६:२२ बजे अनर प्ले-१० फोनका लागि विशेष डिल खुल्नेछ।
यस रिवार्ड फेस्टिवलमा केएफसी, फूडमान्डु, श्री एयरलाइन्स, आईएनआई सिनेमाज, अल्टिमा लाइफस्टाइल जस्ता चर्चित ब्रान्डहरू आबद्ध छन्। प्रयोगकर्ताहरूले फोनपोइन्ट्स एपमार्फत आफूसँग भएको पोइन्ट रिडिम गरी यी अफरहरूको लाभ लिन सक्नेछन्। आफ्ना प्रयोगकर्ताको पोइन्टलाई खेर जान नदिई अधिकतम फाइदा पुर्याउन यो महोत्सव आयोजना गरिएको कम्पनीले उल्लेख गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
-
ओलीको शिलालेख हटाइएको भन्दै एमाले चन्द्रागिरि नगर कमिटीको आपत्ति
-
रेनुलाई एसियाली पारा खेलकुदका लागि वाइल्ड कार्ड
-
कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन
-
'नेपालको जलस्रोत' सार्वजनिक : जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण