बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रियंकाले एयरपोर्टमा मिडियालाई देखेर इन्गेजमेन्टको औंठी निकालिन् (भिडियोसहित)

बुधबार, २३ साउन २०७५, १० : २४
बुधबार, २३ साउन २०७५

प्रियंका निकै लामो समयदेखि अमेरिकी गायक निक जोनाससँगको आफ्नो सम्बन्धका कारण चर्चामा छिन् । विभिन्न भारतीय मिडियाले उनले आफ्नो जन्मदिनको मौका पारेर इन्गेजमेन्ट गरेको दाबी गरिरहेका छन् । उनले निकसँग विवाह गर्नका लागि सलमान खानको नयाँ फिल्म ‘भारत’ बाट बाहिरिएको बताइएको छ ।

प्रियंकालाई हालै सिंगापुरमा आयोजित निकको कन्सर्टको डान्स गरिरहेको देखिएको थियो । सिंगापुरमा छुट्टी मनाएपछि प्रियंका भारत फिर्ता भएकी छिन् ।

फर्कने क्रममा उनले एयरपोर्टबाट बाहिरिँदै गर्दा लगाइरहेको औंठी फुकालेकी छिन् ।

३५ वर्षीया प्रियंका चोपडा २५ वर्षे अमेरिकी गायकको प्रेममा !

भास्कर डट कममा प्रियंकाको एउटा भिडियो राखिएको छ । जसमा उनले एयरपोर्टको भिआईपी लाउन्जबाट निस्किरहेका बेला आफ्नो औंठी निकालिन् र त्यसलाई आफ्नो जिन्स पाइन्टको खल्तीमा राखिन् ।

भारतीय मिडियाका अनुसार प्रियंकाले एयरपोर्ट बाहिर भएका क्यामराम्यान देखेपछि आफ्नो औंठी फुकालेकी हुन् । उनले फुकालेको औंठीलाई ‘इन्गेजमेन्ट रिंग’ भनी दाबी गरिएको छ ।

१० वर्ष कान्छा प्रेमीसँग डिनर डेटमा भेटिइन् प्रियंका चोपडा

प्रियंका चोपडा निक जोनासको हातमाथि हात राखेर यसरी विवाहमा पुगिन् (फोटोफिचर)

प्रियंका चोपडालाई लज्जाको पाठ पढाउने शेफ बर्खास्त, किन यति विवादित ?

कथित प्रेमी निक जोनाससँग मुम्बई फर्किइन् प्रियंका चोपडा, फोटो खिच्न खोज्दा सिसामा कभर लगाइन्

निक जोनासलाई भेटेपछि प्रियंका चोपडाकी आमाले यसो भनिन्

कन्सर्ट दिइरहेका निक जोनासलाई हौसला बढाइरहेको देखिइन् प्रियंका चोपडा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप