दुर्गम क्षेत्रमा कार्यरत चिकित्सकलाई पुरस्कृत गर्ने चिकित्सक संघको घोषणा
सारांश
- नेपाल चिकित्सक संघले दुर्गम क्षेत्रमा सेवा गरिरहेका चिकित्सकलाई पुरस्कृत गर्ने निर्णय गरेको छ।
- आगामी जेठ १६ र १७ गते भरतपुरमा हुने मेडिकल कन्फरेन्सको अवसरमा श्याम सजन ट्रस्ट मार्फत एक जना चिकित्सकलाई पुरस्कृत गरिनेछ।
- दुर्गममा कार्यरत ४५ वर्ष मुनिका लगनशील चिकित्सकले जेठ ८ गतेभित्र प्रमाण सहित संघको इमेलमा निवेदन दिनुपर्नेछ।
काठमाडौँ । नेपाल चिकित्सक संघले दुर्गम क्षेत्रमा सेवा गरिरहेका चिकित्सकलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। आगामी जेठ १६ र १७ गते चितवनको भरतपुरमा आयोजना हुन लागेको ‘अल नेपाल मेडिकल कन्फरेन्स’ को अवसरमा श्याम सजन ट्रस्ट मार्फत एक जना चिकित्सकलाई पुरस्कृत गरिने संघले जनाएको छ।
पुरस्कारका लागि नेपालको दुर्गम क्षेत्रमा कार्यरत ४५ वर्ष मुनिका लगनशील चिकित्सकहरूलाई दरखास्त दिन आह्वान गरिएको छ। इच्छुक चिकित्सकले आफूले दुर्गममा सेवा गरेको प्रमाण सहित आगामी जेठ ८ गते भित्र चिकित्सक संघको आधिकारिक इमेल [email protected] मार्फत निवेदन पेस गर्नुपर्नेछ।
संघका महासचिव डा.सञ्जीव तिवारीका अनुसार यो पुरस्कार प्राप्त गर्नका लागि आवेदक संघको आजीवन सदस्य हुनुपर्नेछ। यस्तै, आवेदकको उमेर ४५ वर्ष भन्दा कम हुनुपर्ने र दुर्गम वा अति दुर्गम क्षेत्रमा कार्य गरेको आधिकारिक प्रमाण पेस गर्नुपर्नेछ। पुरस्कारको लागि आवेदन दिने चिकित्सकले आगामी राष्ट्रिय सम्मेलनमा अनिवार्य रूपमा दर्ता गरेको हुनुपर्ने योग्यता तोकिएको छ।
दुर्गममा समर्पित चिकित्सकको हौसला बढाउन यो पुरस्कार प्रदान गर्न लागिएको संघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण