नीति तथा कार्यक्रममाथि बहस गर्ने समय कम भयो : आङदेम्बे
सारांश
- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको बहसको समय अपर्याप्त भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
- उनले कम्तीमा तीन दिनसम्म चल्ने यस्तो बहसलाई यसपटक ६ घण्टामा मात्र खुम्च्याइनु दुःखद भएको बताए ।
- आङदेम्बेले सरकारले नीति तथा कार्यक्रममा डिजिटलाइजेसन र प्रविधिको कुरा उठाए पनि गाउँका गरिब किसान र मजदुरको पहुँचमा प्रविधि पुर्याउने विषयमा ध्यान नदिएको आरोप लगाए ।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सङ्घीय संसदमा भएको बहसको समय अपर्याप्त भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
मुलुकको आगामी एक वर्षको मार्गचित्र तय गर्ने महत्त्वपूर्ण दस्ताबेजमाथि पर्याप्त छलफल हुनुपर्नेमा सरकारले यसलाई छोटो समयमा सीमित गरेको उनको तर्क छ । नेता आङदेम्बेले विगतमा कम्तीमा तीन दिनसम्म चल्ने यस्तो बहसलाई यसपटक ६ घण्टामा मात्र खुम्च्याइनु दुःखद भएको बताए ।
नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय नभई मुलुकको भविष्यसँग जोडिएको विषय भएकोले यसमा माननीय सांसदहरूले विस्तृत रूपमा धारणा राख्न पाउनुपर्ने उनले उल्लेख गरे । सरकारले नीति तथा कार्यक्रममा ‘डिजिटलाइजेसन’ र प्रविधिको कुरा जोडतोडका साथ उठाए पनि गाउँका गरिब किसान र मजदुरको पहुँचमा प्रविधि पुर्याउने विषयमा भने ध्यान नदिएको आङदेम्बेले आरोप लगाए ।
उनले शनिबार एक कार्यक्रममा बोल्दै सरकारले ल्याएको ‘नागरिक एप’ को प्रभावकारिताका लागि पनि सर्वसाधारणसँग गुणस्तरीय मोबाइल र प्रविधिको उपलब्धता अनिवार्य रहेको औँल्याए । नीति तथा कार्यक्रममा ‘मोबाइल’ जस्ता आधारभूत प्रविधिको पहुँचबारे स्पष्ट खाका नहुनुले सरकारको सोच अझै पनि भुइँतहका नागरिकसम्म पुग्न नसकेको देखिने उनको भनाइ थियो ।
दुई तिहाइ बहुमतको सरकारले नीति तथा कार्यक्रमलाई व्यवस्थित बनाउन र गरिब जनताको पहुँचसम्म पुर्याउन नसक्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै उनले आगामी बजेटमार्फत यस्ता त्रुटिहरू सच्याउन सरकारलाई आग्रह गरे ।
उनले भने, ‘भर्खरै मात्रै हामी सङ्घीय संसदमा नीति तथा कार्यक्रममा व्यापक बहस गरेर आएका छौँ । मैले यो व्यापक भन्ने शब्द मैले चाहेरै राखेको हुँ । यद्यपि, हाम्रो इतिहास कम्तीमा पनि नीति तथा कार्यक्रममा अलिकति समय राखेर बहस गर्ने परम्परा छ । नीति तथा कार्यक्रम भनेको ठट्टाको विषय होइन । जसले मुलुकलाई वर्ष दिनको एउटा खाका दिन्छ । बहस गर्ने समय चाहिन्छ सांसदहरूलाई ।’
प्रतिपक्षको भूमिकाबारे स्पष्ट पार्दै नेता आङदेम्बेले नेपाली कांग्रेस केवल विरोधका लागि विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले राज्यको नियतमाथि शङ्का नगरे पनि कार्यशैली र प्राथमिकतामा परिवर्तनको आवश्यकता रहेकोमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण