सिराहाबाट १९ लाख भन्दा बढीको अवैध सामानसहित दुई जना पक्राउ
आइतबार, ०३ जेठ २०८३, ०९ : २८
सारांश
- सिराहाको नवराजपुर गाउँपालिकाबाट करिब १९ लाख ४७ हजार रुपैयाँ बराबरको अवैध सामानसहित दुई जना पक्राउ परेका छन्।
- सशस्त्र प्रहरीले देवनगर सीमा ईलाकाबाट कस्मेटिक सामान, टुथपेस्ट र ओखरसहित ट्रक नियन्त्रणमा लिएको हो।
- पक्राउ परेका दुवै जनालाई नेपाल प्रहरीलाई बुझाइएको छ र सामान भन्सार बुझाउने प्रक्रियामा छ।
सिराहा । सशस्त्र प्रहरीले सिराहा जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा ईलाकाबाट शनिबार राति करिब १९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको सामान र ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सोही ठाउँ बस्ने ५० वर्षीय राजेश यादव र ३९ वर्षीय आनन्द यादवलाई नं. ७ गण सिराहाबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
स १ ख ५३५ नम्बरको ट्रकमा राखेर नेपालबाट अवैध रूपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको कस्मेटिक सामान, टुथ पेस्ट, २ सय ६० केजी ओखरसहित ट्रक समेत विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो । ट्रकको अन्दाजी मूल्य २१ लाख रहेको छ भने नियन्त्रणमा लिएकाहरू ट्रकका चालक र सहचालक हुन् ।
नियन्त्रणमा लिईएका दुवै जनालाई नेपाल प्रहरीलाई बुझाइएको छ भने बरामद सामान भन्सार बुझाउने प्रक्रियामा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि अस्ट्रेलिया र इजिप्टबिचको खेल सुरु
-
कर्णालीमा गाडी बेपत्ता घटना : ५ जनाको पहिचान खुल्यो
-
सडकको पानी बागमतीमा सहज निकास नहुँदा वर्षामा जाम बढेको ट्राफिक प्रहरीको निष्कर्ष
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण