कुवेत एयरवेजले नेपालमा पुनः नियमित उडान गर्दै
सारांश
- कुवेत एयरवेजले इरान-इजरायल तनावका कारण स्थगित रहेको आफ्नो नियमित उडान आगामी मंगलबारदेखि पुनः सुरु गर्दैछ ।
- नयाँ तालिका अनुसार अबदेखि प्रत्येक मंगलबार र बिहीबार काठमाडौंबाट कुवेतका लागि ठूलो क्षमताको एयरबस ३३०-८०० जहाज प्रयोग गरिनेछ ।
- उडानहरू फेब्रुअरी २८ देखि बन्द थिए, तर यस अवधिमा पनि कम्पनीले विशेष उडानमार्फत कैदीबन्दी ओसारपसार गरेको थियो ।
काठमाडौंँ । कुवेत एयरवेजले नेपालका लागि आफ्नो नियमित उडान पुनः सुरु गर्ने भएको छ । इरानसँग इजरायल–अमेरिका तनावका कारण स्थगित रहेको यो सेवा आगामी मंगलबारदेखि सञ्चालनमा आउन लागेको हो ।
कुवेत एयरवेजका अनुसार अबदेखि हप्ताको दुई दिन नियमित रूपमा जहाज उड्ने भएको छ ।
नयाँ तालिका अनुसार अबदेखि प्रत्येक मंगलबार र बिहीबार काठमाडौंबाट कुवेतका लागि उडानहरू हुनेछन् । कम्पनीले यसपटक ठूलो क्षमताको ‘एयरबस ३३०–८००’ जहाज प्रयोग गर्ने निर्णय गरेको छ ।
यसले एकै पटक २३५ जना यात्रुले यात्रा गर्न सक्नेछन् । सुरुवाती चरणमा विशेष गरी कुवेतमा अड्किएका र काठमाडौंबाट कुवेत जान नपाएका यात्रुहरूलाई लक्षित गरी यो सेवा सुचारु गर्न लागिएको हो । उडान स्थगित हुँदा टिकट काटेर पनि यात्रा गर्न नपाएका यात्रुहरूलाई कम्पनीको सम्पर्कमा आएर आफ्नो टिकट परिवर्तन गर्न समेत कुवेत एयरलायन्सले जनाएको छ ।
फेब्रुअरी २८ देखि कुवेत एयरवेजले आफ्ना उडानहरू बन्द गरेको थियो । त्यसभन्दा अघि यो एयरवेजले नेपालमा दैनिक रूपमा हप्ताको सातै दिन उडान भर्दै आएको थियो ।
उडान बन्द भएको अवधिमा पनि कम्पनीले भैरहवा र काठमाडौंबाट केही विशेष उडानहरू मार्फत कैदीबन्दीहरूलाई ल्याउने काम गरेको भए तापनि नियमित व्यावसायिक उडान भने पूर्ण रूपमा ठप्प रहेको थियो । अहिलेका लागि सबै उडानहरू काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन पटक पटक डुबिरहन्छ माइतीघर क्षेत्र ?
-
रूसी कब्जामा रहेको सहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु
-
मधेसमा कांग्रेससँगको सहकार्यलाई कायम राख्न चाहन्छन् एमाले र नेकपाका नेता
-
एमालेका युवा नेताहरूले भने : नेतृत्वको सम्मानजनक बिदाइ हुनुपर्छ
-
प्रधानमन्त्री बालेन शाहले माधव खनाललाई सचिवालयबाट हटाए
-
सबै सवारीसाधनका लागि कहिले खुला हुन्छ नागढुंगा सुरुङमार्ग ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण