जोसे माउरिन्हो रियल मड्रिड फर्किने सहमति नजिक
सारांश
- पोर्चुगिज प्रशिक्षक जोसे माउरिन्हो रियल मड्रिड फर्किने सम्भावना नजिक पुगेका छन् ।
- चर्चित खेल पत्रकार फ्याब्रिजिओ रोमानोका अनुसार क्लबसँग दुई वर्षको सम्झौताका लागि मौखिक सहमति भइसकेको छ ।
- माउरिन्होले यसअघि रियल मड्रिडलाई कीर्तिमानी १०० अंकसहित ला लिगा उपाधि जिताएका थिए ।
म्याड्रिड । पोर्चुगिज प्रशिक्षक जोसे माउरिन्हो स्पेनिस महारथी क्लब रियल मड्रिडको प्रशिक्षकको रुपमा फर्कने सम्भावना नजिक पुगेका छन् ।
क्लबसँग दुई वर्षको सम्झौताका लागि मौखिक सहमति भइसकेको चर्चित खेल पत्रकार फ्याब्रिजिओ रोमानोले दाबी गरेका छन् । सन् २०१३ मा क्लब छाडेको एक दशकभन्दा बढीपछि माउरिन्हो पुनः बर्नबेउ फर्किने अवस्था बनेको युरोपका विभिन्न सञ्चारमाध्यमले पनि उल्लेख गरेका छन् ।
६३ वर्षीय माउरिन्होलाई रियल मड्रिडले दुई वर्षको सम्झौता प्रस्ताव गरेको रोमानोको दाबी छ । रियल मड्रिडको यो सिजनको अन्तिम ला लिगा खेल एथ्लेटिक बिल्बाओविरुद्ध सकिएलगत्तै माउरिन्होसँगको सम्झौता औपचारिक रूपमा टुंगो लाग्ने अपेक्षा गरिएको छ । यससँगै, प्रशिक्षक अल्भारो अर्बेलोआको छोटो कार्यकाल पनि समाप्त हुने बताइएको छ ।
यो नियुक्ति स्पेनिस महारथी क्लब मड्रिडमा देखिएको अव्यवस्थित अवस्थापछि आएको हो, जहाँ जाबी अलन्सोको कार्यकाल छोटोमै अन्त्य भएको थियो र त्यसपछि जनवरीमा अर्बेलोआले जिम्मेवारी सम्हालेका थिए । लगातार उपाधिविहीन सिजनले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई फेरि परिचित र विश्वासिलो अनुहारतर्फ फर्किन बाध्य बनाएको बताइएको छ । माउरिन्होलाई क्लबभित्र अनुशासन र स्थिरता फर्काउन सक्षम व्यक्तिका रूपमा हेरिएको छ । उनले यसअघि रियल मड्रिडलाई कीर्तिमानी १०० अंकसहित ला लिगा उपाधि जिताएका थिए, जुन उनको प्रमुख उपलब्धिमध्ये एक मानिन्छ ।
यद्यपि, माउरिन्होले पहिले आफू एसएल बेन्फिका बस्ने सम्भावना ९९ प्रतिशत रहेको बताएका थिए, तर बर्नाबेउ फर्किने आकर्षणले परिस्थिति पूर्ण रूपमा परिवर्तन गरेको बताइन्छ । रोयटर्सले माउरिन्होले यस खबरको पूर्ण पुष्टि नगरे पनि औपचारिक सम्झौता हुन बाँकी रहेको उल्लेख गरेको छ । माउरिन्होले यस सम्झौताबारे कुराकानी भइरहेको तर आफूलाई सीधै औपचारिक प्रस्ताव नआएको बताएका रोयटर्सले लेखेको छ । यद्यपि, आफ्नो भविष्य यसै साता तय हुन सक्ने उनले संकेत दिएका छन् ।
रियल म्याड्रिडले हालको अवस्थालाई ुस्थिर नेतृत्वु आवश्यक भएको रूपमा हेरेको रिपोर्टहरूमा जनाइएको छ । टोलीभित्रको दबाब, परिणाममा अस्थिरता र व्यवस्थापन सम्बन्धी चुनौतीका कारण क्लबले अनुभवी तथा कडा अनुशासनका लागि परिचित माउरिन्होलाई विकल्पका रूपमा हेरेको समाचारहरूमा जनाइएको छ ।
मोरिन्होले २०१० देखि २०१३ बिच रियल म्याड्रिडको जिम्मेवारी सम्हालेका थिए । त्यसक्रममा उनले एक पटक ला लिगा, एक पटक कोपा डेल रे र एक पटक स्पेनिस सुपरकपको उपाधि जितेका थिए । विशेषगरी २०११–१२ को सिजनमा मड्रिडले १०० अंकसहित ला लिगा उपाधि उचालेको थियो, जुन उनको कार्यकालको एक उल्लेखनीय उपलब्धि मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण