सांसद अर्यालले मागिन् प्रस्तावित प्रधान न्यायाधीश डा. शर्माको योग्यता र विज्ञता
मङ्गलबार, ०५ जेठ २०८३, ०९ : ४३
सारांश
- नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधान न्यायाधीशमा सिफारिस डा. मनोज शर्माको योग्यता र विज्ञताबारेको विषय उपलब्ध गराउन माग गरेकी छन् ।
- संसदीय सुनुवाइ समितिको बैठकमा सांसद अर्यालले डा. शर्मालाई नियुक्ति सिफारिस गर्दा संवैधानिक परिषद्ले गरेको निर्णयमा उल्लेखित योग्यता र विज्ञताबारे जानकारी गराउन माग गरेकी हुन् ।
- उनले प्रधानन्यायाधीशमा न्याय परिषद्ले सिफारिस गरेका ६ जनाको डिटेल र लिखित असहमति राखेका नेताहरूको असहमति पनि उपलब्ध गराउन माग गरिन् ।
काठमाडौँ । नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधान न्यायाधीशमा सिफारिस डा. मनोज शर्माको योग्यता र विज्ञताबारेको विषय उपलब्ध गराउन माग गरेकी छन् ।
संसदीय सुनुवाइ समितिको बैठकमा सांसद अर्यालले डा. शर्मालाई नियुक्ति सिफारिस गर्दा संवैधानिक परिषद्ले गरेको निर्णयमा उल्लेखित योग्यता र विज्ञताबारे जानकारी गराउन माग गरेकी हुन् ।
उनले प्रधानन्यायाधीशमा न्याय परिषद्ले सिफारिस गरेका ६ जनाको डिटेल पनि पाउनुपर्ने बताइन् । उनले संवैधानिक परिषद्ले निर्णय गर्दा लिखित असहमति राखेका प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको लिखित असहमति पनि उपलब्ध गराउन माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण