कङ्गोमा इबोला प्रकोपबाट कम्तीमा ११८ जनाको मृत्यु
सारांश
- प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला प्रकोपका कारण हालसम्म कम्तीमा ११८ जनाको मृत्यु भएको छ भने ३९० भन्दा बढी संक्रमित भएको आशंका गरिएको छ ।
- छिमेकी युगान्डामा पनि दुई जनामा इबोला संक्रमण पुष्टि भएको छ र एक जनाको मृत्यु भएको छ ।
- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा गरेको छ र कङ्गो सरकारले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेको छ ।
कङ्गो । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला प्रकोपका कारण हालसम्म कम्तीमा ११८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । साथै, ३९० भन्दा बढी व्यक्ति संक्रमित भएको आशंका गरिएको छ ।
कङ्गो सरकारका प्रवक्ताका अनुसार इबोलाका घटना अहिले थप क्षेत्रमा फैलिन थालेका छन् । नयाँ संक्रमित न्याकुन्डे, बुटेम्बो तथा गोमा क्षेत्रमा पनि भेटिएका छन् ।
यसैबीच, छिमेकी युगान्डामा पनि दुई जनामा इबोला संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले जनाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हाल फैलिएको इबोलाको यो प्रकारलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा गरेको छ । यो संक्रमण बुन्डिबुग्यो भाइरसका कारण फैलिएको बताइएको छ ।
स्वास्थ्य टोलीहरूले संक्रमितको खोजी, परीक्षण तथा निगरानीलाई तीव्र बनाइरहेको भन्दै कङ्गो सरकारले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेको छ ।
यस प्रकोपमा कङ्गोमा कार्यरत एक अमेरिकी डाक्टर पनि संक्रमित भएका छन् । मेडिकल मिसनरी समूह सर्जका अनुसार अमेरिकी चिकित्सक पिटर स्ट्याफोर्डमा इबोला पुष्टि भएको हो । उनलाई उपचारका लागि जर्मनी लगिने बताइएको छ ।
उनकी पत्नी डा. रेबेका स्ट्याफोर्डसहित अन्य दुई चिकित्सक पनि संक्रमित बिरामीको उपचारका क्रममा सम्पर्कमा आएका थिए । यद्यपि उनीहरूमा हालसम्म कुनै लक्षण नदेखिएको र क्वारेन्टिनमा राखिएको जानकारी दिइएको छ ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार कम्तीमा छ जना अमेरिकी नागरिक इबोला भाइरसको सम्पर्कमा आएको आशंका गरिएको छ । सीडीसीले प्रभावित अमेरिकी नागरिकलाई सुरक्षित रूपमा बाहिर निकाल्ने काम भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण