इरान युद्ध अन्त्य गर्न सीले राखे ४ बुँदे प्रस्ताव
सारांश
- चिनियाँ राष्ट्रपति सी जिनपिङले पश्चिम एसियाको अवस्था निर्णायक मोडमा पुगेको र युद्धबाट शान्तिपूर्ण सङ्क्रमणको चरणमा रहेको बताएका छन् ।
- उनले यो द्वन्द्वको अन्त्य गर्नु अत्यन्त जरुरी भएको र युद्धको पुनः सुरुवात अस्वीकार्य रहेको बताएका छन् ।
- सीले पश्चिम एसियामा शान्ति र स्थिरता कायम राख्न ४ बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् ।
बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले पश्चिम एसियाको अवस्था निर्णायक मोडमा पुगेको बताएका छन् । त्यहाँको अवस्था अब युद्धबाट शान्तिपूर्ण सङ्क्रमणको चरणमा रहेको उनले बताए ।
चीनको सरकारी सञ्चारमाध्यमका अनुसार सी जिनपिङले यो द्वन्द्वको अन्त्य गर्नु अत्यन्त जरुरी भएको बताएका छन् । युद्धको पुनः सुरुवात अस्वीकार्य रहेको उनको भनाइ छ ।
‘मसँग पश्चिम एसियामा शान्ति र स्थिरता कायम राख्न र प्रवर्द्धन गर्न ४ बुँदे प्रस्ताव छ । यसले अन्तर्राष्ट्रिय सहमतिलाई बलियो बनाउनेछ, तनाव घटाउनेछ, द्वन्द्व कम गर्नेछ र शान्तिलाई प्रवर्द्धन गर्नेछ ।’ सी जिनपिङको भनाइ उद्धृत गर्दै चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले समाचारमा भनेको छ ।
सीको ४ बुँदे प्रस्ताव गत महिना अबुधाबीका युवराजसँगको भेटमा प्रस्तुत गरिएको थियो । यसले शान्तिपूर्ण सहअस्तित्व, राष्ट्रिय सार्वभौमिकता, अन्तर्राष्ट्रिय कानुनको सम्मान, विकास र सुरक्षा बिचको समन्वित दृष्टिकोणमा जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण