मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पुटिन र चिनियाँ इन्जिनियरबिच २६ वर्षपछि पुनः भेटवार्ता

बुधबार, ०६ जेठ २०८३, १४ : ३९
बुधबार, ०६ जेठ २०८३

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमणका क्रममा २६ वर्षअघि भेट भएका एक चिनियाँ इन्जिनीयरसँग भेटवार्ता गरेका छन् । बेइजिङमा भएको भेटमा दुवैले एक अर्कालाई अँगालो हालेर पुरानो सम्झना ताजा गरेका थिए । पेङ नाम गरेका ती इन्जिनियर पुटिन पहिलो पटक राष्ट्रपति बनेपछि सन २००० मा चीन भ्रमणका क्रममा भेटिएका व्यक्ति हुन्।

त्यतिबेला दुवै जनाको भेट बेइजिङको बेइहाई पार्कमा भएको थियो । पुराना स्मृतिअनुसार पुटिनले फोटो खिच्ने क्रममा उनलाई रेलिङबाट उठाएर आफ्नो साथमा राखेका थिए, जसले उनीहरूबिचको त्यो छोटो भेटलाई स्मरणीय बनाएको थियो। 

हालको भेटमा पुटिनले इन्जिनियरलाई अंकमाल गरेपछि रुसमा जुनसुकै बेला आउन सक्ने भन्दै आमन्त्रण गरे । जवाफमा पेङले पनि आफू अवश्य आउने बताए।

‘म राष्ट्रपति पुटिनलाई भन्न चाहन्छु, तपाईँलाई फेरि भेट्दा, तपाईँ अझै पनि त्यतिबेला जस्तै आकर्षक हुनुहुन्छ, जबकि म एक जवान केटाबाट मध्यम उमेरको मोटो मानिसमा परिणत भएको छु,’ पेङले चीनको सरकारी सञ्चार माध्यममा पोस्ट गरिएको भिडियोमा भनेका थिए  आफूले पुटिनलाई फेरि भेट्ने अवसर पाउँछु भनेर कहिल्यै कल्पना नगरेको उनको भनाइ थियो।

गएको वर्ष रुसको सरकारी सञ्चार माध्यम रसिया टुडेले वेइबोमा पेङको खोजी सूचना पोस्ट गरेको थियो। यसमा २००० को तस्बिरमा भएको त्यो जवान केटा फेला पार्न सकियो भने यो साँच्चै अर्थपूर्ण हुने भनिएको थियो । यसले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाझ पेङको खोजी भाइरल भयो । केही दिन पछि उनी फेला परे। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप