प्रेम र सम्बन्धको गहिराइ ‘काजी’ मा देख्न सकिन्छ : अभिनेत्री केकी
काठमाडौँ । अभिनेत्री केकी अधिकारी पछिल्लो समय फिल्म ‘काजी’ को कारण चर्चामा छिन् । प्रेमकथामा बनेको फिल्म प्रदर्शनमा आउँदै गर्दा उनी निकै उत्साहित छिन् । फिल्मले सामाजिक भावना, प्रेम र सम्बन्धको गहिराइ व्यक्त गर्ने उनले बताइन् ।
‘काजी’ प्रेमकथा नभई विश्वास, त्याग र सम्बन्धको गहिरो संसार हो’, केकीले भनिन्– ‘प्रेमलाई हेर्ने दृष्टिकोण फरक भइसकेको भए पनि ‘काजी’ को संसारमा भने माया र विश्वासले नै सम्बन्ध टिकाइराखेको छ ।’ फिल्म एक परिवारको गहिरो कथा समेत भएको उनले खुलाइन् ।
‘हामी वास्तविक जीवनमा पनि परिवार होस् वा आफूले प्रेम गरेको व्यक्ति, हामीलाई कहिलेकाहीँ म मात्रै बढी दिइरहेको छु भन्ने महसुस हुन्छ । मानव मनोविज्ञान नै त्यस्तो हुन्छ । तर ‘काजी’ को संसारमा भने त्यो सोचभन्दा बिल्कुल फरक र भावनात्मक गहिराइ भेटिन्छ’, उनी थप्छिन्– ‘कजिनी’ लाई ‘काजी’ ले जति प्रेम गर्छ, त्यति प्रेम कजिनीले सात जुनीसम्म पनि फर्काउन सक्दिनँ भन्ने अनुभूति हुन्छ ।’
उनका अनुसार ‘कजिनी’ का लागि संसारमा सबैभन्दा ठुलो कुरा सम्बन्ध हो । काजीले आफूलाई जुन दृष्टिकोणबाट हेर्छ, त्यो प्रेम र विश्वास जोगाइराख्न उनी जे गर्न पनि तयार हुन्छिन् । ‘कजिनीका लागि माया, विश्वास र सम्बन्ध नै सबैभन्दा ठुलो कुरा हो, संसारका अरू सबै कुरा साना लाग्छन्,’ उनले फिल्म अनुभव बाँडिन् ।
फिल्ममा विपिन कार्की ‘काजी’ को भूमिकामा छन् । विपिनसँगको भावनात्मक केमेस्ट्री र पारिवारिक कथावस्तुमा बनेको फिल्मले दर्शकलाई आकर्षित गर्ने उनको विश्वास छ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण