अपडेट
सेयर बजार १२.३६ अंकले घट्यो, ३ अर्ब ८९ करोडको कारोबार
बिहीबार, ०७ जेठ २०८३, १५ : ३७
सारांश
- सेयर बजार १२.३६ अंकले घटेर २७४२.११ विन्दुमा पुगेको छ।
- म्युचुअल फण्ड र व्यापार बाहेकका उपसमूहमा गिरावट आएको छ।
- आज ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्स्चेञ्ज परिसूचक बिहीबार १२.३६ अंकले घटेको हो ।
कारोबार खुलेको १५ मिनेटमा बढेर २७६३ अंकमा पुगेको नेप्से अन्तिममा २७४२.११ विन्दु कायम भएको छ। म्युचुअल फण्ड र व्यापार बाहेकका उपसमूह घटेका छन् ।
बजारमा ७२ कम्पनीको मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेका छन्। ९ कम्पनीको मूल्य भने स्थिर छ ।
आज सबैभन्दा धेरै बुंगल हाइड्रोका लगानीकर्ताले ९.२६ प्रतिशत कमाउँदा सबैभन्दा धेरै गुमाउनेमा अपर लोहोरेखोला हाइड्रोपावरका लगानीकर्ता छन् । यो कम्पनीको सेयर मूल्य १४.९५ प्रतिशतले ओरालो लागेको छ।
बजारमा ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आँखुखोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै १७ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण