शिल्पा शेट्टीलाई चुम्बन गरेर विवादमा फसेका नायक ६८ वर्षमा बुवा बन्दै
हलिउड अभिनेता रिचर्ड गेरे एक पटक पुनः लाइमलाइटमा आएका छन् । यसपटक उनी दोस्रो पटक पिता बन्न लागेको खबरका कारण चर्चामा छन् ।
रिचर्ड गेरेकी दोस्री श्रीमती ३३ वर्षीया एलेजेन्ड्रा सिल्वा गर्भवती छिन् ।
‘प्रिटी वुमन’ का अभिनेताले सिल्वासँग चार वर्ष सम्बन्धमा रहेपछि यसै वर्ष अप्रिलमा स्पेनमा एक साधारण समारोहक बिच विवाह गरेका थिए । त्यसपछि उनले न्यूयोर्कस्थित आफ्नो घरमा परिवारका सदस्य र साथीभाइका लागि विवाह पार्टीको आयोजना गरेका थिए ।
यसै महिनाको अन्त्यमा आफ्नो ६९ औं जन्मदिन मनाउने तयारीमा रहेको उनको पहिलो श्रीमती लोवेलसबाट १८ वर्षीया छोरा छन् । यस्तै, सिल्वाको आफ्नो पूर्व पती गोबिन्द फ्रिडल्याण्डबाट पाँच वर्षीय छोरा अलबटरे छन् । पूर्व श्रीमानसँग सम्बन्धविच्छेदको प्रक्रियाका बेला सिल्वाको भेट गेरेसँग भएको थियो ।
स्मरण रहोस्, रिचर्ड अमेरिकी सिनेमा र टेलिभिजनका चर्चित अभिनेता हुन् जसले अहिलेसम्म थुप्रै फिल्म र टेलिभिजन शोमा काम गरेका छन् । उनी ४० वर्षदेखि अभिनयको क्षेत्रमा सक्रिय छन् । रिचर्डले आफ्नो भारत भ्रमणका क्रममा एक कार्यक्रममा बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई चुम्बन गरेका थिए जसका कारण उनी विवादमा मुछिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण