निर्माण सम्पन्न भएसँगै यस्तो देखियो नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको सडकखण्ड (तस्बिरहरू)
सारांश
- नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको ७०० मिटर सडकखण्ड विस्तार कार्य सम्पन्न भएसँगै चिटिक्क र व्यवस्थित देखिएको छ ।
- यो सडकखण्ड नेपाल सरकारले आफ्नै लगानीमा विस्तार गरेको हो, जसका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
- निर्माण सम्पन्न भएको यो सडक खण्ड चक्रपथको कलंकी–कोटेश्वर खण्डकै मापदण्डअनुसार विस्तार गरिएको छ र यसले महाराजगन्ज क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
काठमाडौँ । काठमाडौँ चक्रपथअन्तर्गत नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको सडक खण्ड अहिले चिटिक्क र व्यवस्थित देखिएको छ । ७०० मिटर लामो उक्त सडकखण्डमा विस्तार कार्य सम्पन्न भएसँगै लेन मार्किङ, जेब्रा क्रसिङ तथा सडक रेखांकनको काम पनि सकिएको हो । कालोपत्रे गरिएको चिल्लो सडक, व्यवस्थित लेन र सफा संरचनाले यो खण्डलाई आकर्षक बनाएको छ ।
महाराजगन्जदेखि धोबीखोला (गोपीकृष्ण)सम्म सडक विस्तार गर्ने योजनाअन्तर्गत विनियोजित बजेटबाट यो खण्ड निर्माण गरिएको हो । चीनले चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्म मात्र सडक निर्माण गर्ने भएपछि बीचमा पर्ने नारायणगोपाल चोक–चप्पल कारखाना खण्ड नेपाल सरकारले आफ्नै लगानीमा विस्तार गरेको हो ।
_3MIvN09l7o.jpg)
डिभिजन सडक कार्यालय, मीनभवनले २०८१ फागुनमा एम–एस अम्बुजा–काली एसके जेभीसँग २०८२ असारभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर निर्माण कार्य निर्धारित समयभन्दा झन्डै एक वर्ष ढिला गरी सम्पन्न भएको हो । यो सडक खण्ड निर्माणका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
निर्माण सम्पन्न भएको यो सडक खण्ड चक्रपथको कलंकी–कोटेश्वर खण्डकै मापदण्डअनुसार विस्तार गरिएको छ । उक्त १०।३९ किलोमिटर सडक खण्ड चीन सरकारको सहयोगमा विस्तार गरी २०७५ माघमा नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसपछि दोस्रो चरणअन्तर्गत कलंकीदेखि बसुन्धारासम्मको सडक विस्तारका लागि नेपाल र चीनबिच समझदारी भए पनि निर्माण प्रक्रिया अझै पूर्ण रूपमा अघि बढ्न सकेको छैन ।
_TBiELBw8uc.jpg)
हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत विभिन्न खण्डमा क्रमिक रूपमा काम भइरहेको छ । सरकारले काठमाडौँ उपत्यकाको बढ्दो सवारी चाप व्यवस्थापन गर्ने उद्देश्यसहित चक्रपथलाई आधुनिक र फराकिलो बनाउने योजना अघि बढाएको छ । नारायणगोपाल चोक–चप्पल कारखाना सडक खण्ड सम्पन्न भएसँगै महाराजगन्ज क्षेत्रको ट्राफिक व्यवस्थापनमा समेत सहज हुने अपेक्षा गरिएको छ । तस्बिर : सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
_QBDkivotRe.jpg)
_7oRKAhuA6O.jpg)
_67cKG3FsEg.jpg)
_4ZwwLzmxaW.jpg)
_SQ4oZHcIXM.jpg)
_SLPSRKI6Kv.jpg)
_7n0AWX4lMR.jpg)
_hfWQ7sq0EN.jpg)
_MUf30k1Yxy.jpg)
_pTDVGqn7Oc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण