उपाधि विजेता बार्सिलोना अन्तिम खेलमा भ्यालेन्सियासँग पराजित
सारांश
- ला लिगाको उपाधि विजेता बार्सिलोना आफ्नो अन्तिम खेलमा भ्यालेन्सियासँग ३-१ गोल अन्तरले पराजित भएको छ ।
- खेलमा सुरुवाती अग्रता बार्सिलोनाले लिए पनि भ्यालेन्सियाले उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्यो ।
- यस हारले बार्सिलोनाको उपाधिमा भने कुनै असर परेन किनकि उनीहरूले यसअघि नै उपाधि जितिसकेका थिए ।
काठमाडौँ । ला लिगाको यस सिजनको उपाधि विजेता बार्सिलोना आफ्नो अन्तिम खेलमा भ्यालेन्सियासँग ३–१ गोल अन्तरले पराजित भएको छ ।
नेपाली समय अनुसार आइतबार भएकाे खेलमा सुरुवाती अग्रता भने बार्सिलोनाले नै लिएको थियो । खेलको ६० औँ मिनेटमा स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाएका थिए ।
तर, बार्सिलोनाको त्यो अग्रता धेरै समय टिक्न सकेन । खेलको ६५ औँ मिनेटमा भ्यालेन्सियाका जाभी गुएराले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसको लगत्तै ७० औँ मिनेटमा लुइस रियोजाले गोल गरेपछि भ्यालेन्सियाले खेलमा २–१ को अग्रता लियो ।
खेलको इन्जुरी समयको छैटौँ मिनेटमा गुइडो रोड्रिगेजले भ्यालेन्सियाका लागि तेस्रो गोल गरे र टोलीको ३–१ को जित सुनिश्चित गरे ।
अन्तिम खेलमा पराजित भए तापनि बार्सिलोनाले यसअघि नै ला लिगाको उपाधि आफ्नो सुरक्षित गरिसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण