पाकिस्तानमा रेलमा आक्रमण : २३ जनाको मृत्यु, ५३ जना गम्भीर घाइते
आइतबार, १० जेठ २०८३, १२ : ५८
सारांश
- पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटास्थित चमन गेट नजिकै यात्रुवाहक रेलमा आत्मघाती बम आक्रमण हुँदा २३ जनाको मृत्यु भएको छ ।
- यस आक्रमणमा ५३ जना गम्भीर घाइते भएका छन् र उनीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।
- प्रारम्भिक अनुसन्धानले यो एक सुनियोजित आक्रमण भएको पत्ता लगाएको छ र घटनाबारे अनुसन्धान जारी छ ।
इस्लामावाद । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटास्थित चमन गेट नजिकै एउटा यात्रुवाहक रेललाई लक्षित गरेर आक्रमण गरिएको छ । रिपोर्टका अनुसार गेट नजिकैबाट गुडिरहेकाे यात्रुले खचाखच भरिएको यात्रुवाहक रेललाई लक्षित गरी गरिएको आत्मघाती बम आक्रमणमा कम्तीमा २३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५३ जना गम्भीर घाइते भएका छन् ।
मिडिया रिपोर्टका अनुसार सुरक्षा बलले सो क्षेत्रलाई घेराबन्दी गरेको छ । विस्फोटमा घाइते भएकाहरूलाई नजिकैको अस्पतालमा पुर्याइएको छ, जहाँ धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।
यस घातक आत्मघाती आक्रमणको प्रारम्भिक अनुसन्धानले यो एक सुनियोजित आक्रमण भएको पत्ता लगाएको छ । घटनाबारे अनुसन्धान जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण