भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ
सोमबार, ११ जेठ २०८३, १० : ५९
सारांश
- प्रहरीले सप्तरीबाट भ्रष्टाचार मुद्दामा फरार रहेका जनक किशोर चौधरीलाई पक्राउ गरेको छ ।
- चौधरीलाई अदालतले ६ महिना कैद र २ लाख २० हजार जरिवानाको फैसला सुनाएको थियो ।
- पक्राउ परेका चौधरीलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।
काठमाडौँ । प्रहरीले सप्तरीबाट भ्रष्टाचार मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
सुरुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित प्रमाणपुरबाट भ्रष्टाचार मुद्दामा फरार जनक किशोर चौधरीलाई पक्राउ गरिएको सप्तरीका एसपी गौतम केसीले रातोपाटीलाई बताए ।
सोमबार बिहान जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाको टोलीले उनलाई घरबाट पक्राउ गरेको हो ।
चौधरीलाई भ्रष्टाचार मुद्दामा अदालतले ६ महिना कैद र २ लाख २० हजार जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए । चौधरीलाई अदालतमा उपस्थित गराइने एसपी केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण