उपराष्ट्रपतिसँग सभामुख अर्यालको शिष्टाचार भेट
सोमबार, ११ जेठ २०८३, ११ : २०
सारांश
- सभामुख डोलप्रसाद (डीपी) अर्यालले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग सोमबार बिहान शिष्टाचार भेटवार्ता गरेका छन् ।
- भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संसदको प्रभावकारी सञ्चालन तथा समसामयिक राष्ट्रिय मुद्दाका विषयमा छलफल भएको थियो ।
- लोकतान्त्रिक संस्थाहरूलाई थप सुदृढ बनाउने, संसदलाई जनमुखी र प्रभावकारी बनाउने तथा राजनीतिक स्थायित्व कायम गर्ने विषयमा समेत विचार आदानप्रदान भएको थियो ।
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन् । अर्याल यादवलाई भेट्न सोमबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेका थिए ।
भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संसदको प्रभावकारी सञ्चालन तथा समसामयिक राष्ट्रिय मुद्दाका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार भेटमा लोकतान्त्रिक संस्थाहरूलाई थप सुदृढ बनाउने, संसदलाई जनमुखी र प्रभावकारी बनाउने तथा राजनीतिक स्थायित्व कायम गर्ने विषयमा समेत विचार आदानप्रदान भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण