क्युबामा गम्भीर मानवीय सङ्कट : राहतका लागि चीनले पठायो ६० हजार टन चामल
सारांश
- चीनले गम्भीर मानवीय सङ्कट भोगिरहेको क्युबालाई कुल ६० हजार टन चामल पठाउने भएको छ।
- शनिबार पहिलो चरणमा १५ हजार टन चामल हभाना बन्दरगाहमा आइपुगेको छ।
- क्युबाका राष्ट्रपति मिगुएल डियाज–कनेलले चामल सहायताका लागि चीनलाई आभार व्यक्त गर्दै अमेरिकी प्रतिबन्धको विरोध गरेका छन्।
हभाना । चीनले गम्भीर मानवीय सङ्कट भोगिरहेको क्युबालाई चामल पठाएको छ। वर्तमान सङ्कटबाट राहत दिनका लागि चीनले कुल ६० हजार टन चामल क्युबा पठाउने भएको हो।
शनिबार पहिलो चरणमा १५ हजार टन चामल हभाना बन्दरगाह पुगेको थियो। आइतबार सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै क्युबाका राष्ट्रपति मिगुएल डियाज–कनेलले चामल सहायताप्रति चीनलाई आभार व्यक्त गरेका छन्।
उनले चीनप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै क्युबामाथिको दबाब अभियानको विरोध गर्ने युरोपेली संसद्का सदस्यहरूलाई पनि धन्यवाद दिएका छन्। यस वर्ष जनवरीदेखि अमेरिकाले क्युबामाथि थप कडा प्रतिबन्ध लगाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालसँगै अमेरिकाले क्युबाविरुद्ध कठोर नीति अपनाएको हो। डियाज–कानेलले अमेरिकी कदमलाई सामूहिक सजायको संज्ञा दिँदै क्युबाली जनतामाथि नरसंहारसरहको अवस्था सिर्जना गरिएको बताए।
अमेरिकाले ल्याटिन अमेरिकामा चीनको बढ्दो प्रभाव रोक्न खोजिरहेका बेला सहयोगका लागि चीनमाथि क्युबाको निर्भरता बढेको छ। चीनले यसअघि क्युबाको पुरानो ऊर्जा संरचना सुधार गर्न सौर्य प्यानल पनि उपलब्ध गराएको थियो। रिपोर्टअनुसार अमेरिकाले जनवरीदेखि क्युबातर्फ तेल आपूर्ति लगभग रोकिदिएको छ। यसैक्रममा तत्कालीन राष्ट्रपति निकोलस मदुरोविरुद्ध अमेरिकी कारबाहीपछि भेनेजुएलाबाट क्युबातर्फ तेल तथा आर्थिक सहायता पठाउन रोक लगाइएको थियो।
त्यसपछि अमेरिकाले क्युबालाई असामान्य तथा असाधारण खतरा घोषणा गर्दै उसलाई तेल आपूर्ति गर्ने देशहरूलाई पनि आर्थिक कारबाहीको चेतावनी दिएको थियो। क्युबाका ऊर्जामन्त्री भिसेन्टे डे ला ओ लेभीले यस महिनाको सुरुवातमै देशको तेल भण्डार सकिएको बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण