विश्वकप खेल्ने स्पेनको टोली घोषणाः बार्सिलोनाका ८ जना पर्दा रियलका कोही पनि परेनन्
मड्रिड । स्पेनका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले सन् २०२६ को विश्वकपका लागि आफ्नो टोली घोषणा गरेका छन् ।
सोमबार सार्वजनिक गरिएको टोलीमा युवा स्टार लमिन यामाल मुख्य आकर्षण बनेका छन् । त्यस्तै, चोटका कारण लामो समय मैदान बाहिर रहेका आर्सनलका मिडफिल्डर मिकेल मेरिनो पनि टोलीमा फर्किएका छन् ।
यसपटकको टोलीमा एउटा रोचक पक्ष के देखिएको छ भने विश्वकपको इतिहासमै पहिलोपटक स्पेनको टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी समावेश छैनन् । दिग्गज डिफेन्डर ड्यानी कार्भाजल चोटका कारण टोलीमा पर्न सकेनन् भने डिन हुइजेनलाई पनि यसपटक स्थान दिइएको छैन ।
प्रमुख खेलाडीहरूको अवस्था
बार्सिलोनाका १८ वर्षीय स्टार यामल अप्रिलदेखि ह्यामस्ट्रिङको चोटका कारण मैदान बाहिर छन् । उनी विश्वकपको सुरुवाती खेलहरूमा खेल्ने वा नखेल्ने भन्नेमा अझै शंका छ । यद्यपि, प्रशिक्षक डे ला फुएन्टेले क्लबहरूसँग समन्वय भइरहेको र सबै खेलाडीहरू पहिलो वा दोस्रो खेलसम्ममा पूर्ण फिट हुने विश्वास व्यक्त गरेका छन् ।
बार्सिलोनाका अर्का मिडफिल्डर गाभी पनि लामो समयको घुँडाको चोटपछि टोलीमा फर्किएका छन् । आफ्नो नाम राष्ट्रिय टोलीमा परेपछि गाभीले देखाएको भावुक प्रतिक्रियाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसलाई प्रशिक्षक फुएन्टेले खेलाडीहरूको बलियो आपसी सम्बन्धको रूपमा व्याख्या गरेका छन् ।
रियल मड्रिडका खेलाडी नपरेको विषयमा प्रशिक्षकको स्पष्टोक्ति
टोलीमा रियल मड्रिडका खेलाडी नपरेको विषयमा सञ्चारकर्मीको प्रश्नमा प्रशिक्षक फुएन्टेले भने, 'म राष्ट्रिय टोलीको प्रशिक्षक हुँ, खेलाडी कुन क्लबबाट आउँछन् भन्ने कुराले मलाई फरक पार्दैन । मेरो प्राथमिकता खेलाडीको क्षमता हो, कुनै क्लबप्रतिको झुकाव होइन ।'
यसपटकको टोलीमा बार्सिलोनाका सर्वाधिक ८ खेलाडी समावेश छन् । स्पेनले विश्वकपको समूह चरणमा जुन १५ मा केप भर्डेविरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्नेछ । स्पेन रहेको समूह ‘एच’ मा साउदी अरेबिया र उरुग्वे पनि छन् ।
स्पेनको विश्वकप टोली
गोलरक्षकः उनाई सिमोन (एथलेटिक बिल्बाओ), डेभिड राया (आर्सनल), जोन गार्सिया (बार्सिलोना) ।
डिफेन्डरः मार्कोस लोरेन्टे, मार्क पुबिल (एट्लेटिको मड्रिड), पेड्रो पोरो (टोटेनहम), एमरिक लापोर्ट (एथलेटिक बिल्बाओ), एरिक गार्सिया, पाउ कुबार्सी (बार्सिलोना), मार्क कुकुरेला (चेल्सी), एलेहान्द्रो ग्रिमाल्डो (लेभरकुसेन) ।
मिडफिल्डरः रोड्री (म्यानचेस्टर सिटी), मार्टिन जुबिमेन्डी, मिकेल मेरिनो (आर्सनल), पेड्री, गाभी (बार्सिलोना), फबियन रुइज (पीएसजी), एलेक्स बाएना (एट्लेटिको मड्रिड) ।
फरवार्डः येरेमी पिनो (क्रिस्टल प्यालेस), भिक्टर मुनोज (ओसासुना), मिकेल ओयार्जाबल (रियल सोसिडाड), फेरान टोरेस, लामाइन यामाल, ड्यानी ओल्मो (बार्सिलोना), निको विलियम्स (एथलेटिक बिल्बाओ), बोर्जा इग्लेसियस (सेल्टा भिगो) ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण