इरानका राष्ट्रपतिद्वारा इन्टरनेट सुचारु गर्न निर्देशन, ८७ दिन लामो ‘ब्ल्याकआउट’ अन्त्य हुँदै
सारांश
- इरानका राष्ट्रपति मसूद पेजेस्कियानले देशभर इन्टरनेट सेवा पुनः सुचारु गर्न निर्देशन दिएका छन् ।
- सुरक्षाको कारण देखाउँदै इरानी अधिकारीहरूले ८७ दिनदेखि इन्टरनेट सेवा लगभग पूर्ण रूपमा ठप्प पारेका थिए ।
- इन्टरनेट बन्द हुँदा इरानी नागरिकहरूले युद्ध र सुरक्षासम्बन्धी जानकारी प्राप्त गर्न सास्ती भोग्नुपरेको थियो ।
काठमाडौँ । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले देशभर इन्टरनेट सेवा पुनः सुचारु गर्न निर्देशन दिएका छन् । इरानको अर्ध–सरकारी समाचार एजेन्सी ‘मेहर’ ले सञ्चार मन्त्रालयका एक स्रोतलाई उद्धृत गर्दै राष्ट्रपतिले यस्तो आदेश जारी गरेको जनाएको छ ।
इन्टरनेटको अवस्था अनुगमन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘नेटब्लक्स’ का अनुसार इरानमा पछिल्लो ८७ दिनदेखि इन्टरनेट सेवा लगभग पूर्ण रूपमा ठप्प पारिएको थियो । इजरायल र अमेरिकाले इरानका विभिन्न स्थानमा बमबारी गरिरहेका बेला सुरक्षाको कारण देखाउँदै इरानी अधिकारीहरूले यो ‘ब्ल्याकआउट’ लागू गरेका थिए ।
लामो समयसम्म इन्टरनेट बन्द हुँदा इरानी नागरिकहरूले युद्ध र सुरक्षासम्बन्धी जानकारी प्राप्त गर्न निकै सास्ती भोग्नुपरेको थियो । साथै, इन्टरनेटमा निर्भर रहेका हजारौं व्यवसायहरूमा ठूलो आर्थिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रपतिको यो नयाँ आदेशसँगै करिब तीन महिनादेखि सञ्चार सम्पर्कबाट टाढा रहेका इरानी जनताले राहत पाउने अपेक्षा गरिएको छ । यद्यपि, इन्टरनेट पूर्ण रूपमा कहिलेदेखि सञ्चालनमा आउँछ भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण