मौरीपालनबाट मनग्य आम्दानी गर्दै : केसी
सारांश
- माधव केसीले माहुरीपालनबाट मनग्य आम्दानी गरेका छन्।
- उनले तीन जनालाई रोजगारी दिएका छन्।
- उनले वार्षिक करिब आठ लाख बचत गर्छन्।
दाङ । तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीका माधव केसीले व्यावसायिक रूपमा उन्नत जातका माहुरी पालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।
विगत दुई दशकदेखि सो पेसा अँगालेका उनले अहिले सफल माहुरी उद्यमीका रूपमा परिचित छन् । केसीले तीन जनालाई रोजगारी दिनु भई वार्षिक रु आठ लाख बचत गरेका छन् ।
कृषि क्षेत्रमा राम्रो सम्भावना देखेर बिएससी एजी तहको पढाइ सकी विसं २०६२ सालदेखि प्राकृतिक मौरीपालनतर्फ आकर्षित भएपछि सुरुमा उन्ले २५ घार मौरीबाट व्यवसाय सुरु गरेका थिए ।
केसीसँग हाल ३०० घार मेलिफेरा जातका माहुरीका घार छन् । उहाँले यस वर्ष १२ टन मह उत्पादन गर्नुभएको थियो । उनले बजारमा प्रतिकिलो रु ५०० देखि रु ८०० सम्म मह बिक्री गर्दै आएका छन् ।
केसीको फार्ममा अहिलेसम्म रु एक करोडको लगानी भइसकेको छ । उहाँले मह बिक्रीबाट वार्षिक रु २२ देखि २५ लाखसम्म आम्दानी गर्छन् । माहुरीका घार ५० प्रतिशत अनुदानमा प्राप्त गरेका केसीले महले बजार पाउन नसक्दा कुनै बखत घाटा व्यहोर्नु परेको थियो । बढ्दो विषादीको प्रयोग तथा जङ्गल निकुञ्जमा परिणत हुँदा माहुरी चरणका लागि अप्ठेरो पर्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण