बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगारीबाट श्रीलङ्कामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

मङ्गलबार, १२ जेठ २०८३, २२ : ३७
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म रेमिट्यान्समा उच्च कीर्तिमान राख्ने अपेक्षा छ ।
  • २०२६ को पहिलो चार महिनामा ३.०६ अर्ब डलर रेमिट्यान्स प्राप्त भयो ।
  • तलब वृद्धि, सुधारात्मक उपाय र कल्याणकारी सुविधाले रेमिट्यान्स बढेको छ ।

काठमाडौँ । श्रीलङ्काले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा अहिलेसम्मकै उच्च वार्षिक कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको छ । श्रीलंका वैदेशिक रोजगार ब्युरोका अध्यक्ष कोसला विक्रमसिंघेले सोमबार जानकारी दिएका हुन् ।

उनका अनुसार सन् २०२६ को पहिलो चार महिनामा मात्रै ३ अर्ब ६ करोड अमेरिकी डलर बराबरको विप्रेषण प्राप्त भएको छ ।

सन् २०२५ को सोही अवधिमा २ अर्ब ४० करोड डलर विप्रेषण प्राप्त भएको थियो, जुन त्यसअघिसम्मकै उच्च तथ्याङ्क मानिएको थियो ।

अध्यक्ष विक्रमसिंघेले विप्रेषण वृद्धिको प्रमुख कारण श्रीलङ्काली वैदेशिक कामदारहरूको आधारभूत तलबमा भएको वृद्धि, नयाँ सरकारले लागू गरेका सुधारात्मक उपायपछि अन्तर्राष्ट्रिय स्तरमा वैदेशिक रोजगार क्षेत्रप्रतिको विश्वास अभिवृद्धि हुनु तथा कामदारका लागि कल्याणकारी सुविधा विस्तार हुनु रहेको बताए ।

उनले मध्यपूर्वका केही क्षेत्रमा द्वन्द्वको अवस्था रहे पनि विप्रेषण आप्रवाह निरन्तर रूपमा बढिरहेको उल्लेख गरे । मध्यपूर्व श्रीलङ्काली आप्रवासी कामदारहरूको प्रमुख गन्तव्य क्षेत्र मानिन्छ ।

विप्रेषण श्रीलङ्काको प्रमुख वैदेशिक मुद्रा आम्दानी स्रोतहरूमध्ये एक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप