आठ महिनामा ५ लाख २५ हजार नेपाली वैदेशिक रोजगारीमा, ३९५ विदेशी नेपालमा आए
सारांश
- आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार, हालसम्म ६९ लाख २३ हजार ४ सय ४३ नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
- चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ५ लाख २५ हजार ५ सय १३ नेपाली वैदेशिक रोजगारीमा गएका छन्, जुन गत वर्षको तुलनामा १३.७ प्रतिशतले कम हो ।
- सोही अवधिमा वैदेशिक रोजगारीमा १ हजार ८६ नेपाली कामदारको मृत्यु भएको छ भने ३९५ विदेशी नागरिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।
काठमाडौँ । हालसम्म वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपालीको कुल संख्या ६९ लाख २३ हजार ४ सय ४३ पुगेको छ ।
बुधबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्याङ्कले यस्तो देखाएको हो ।
सर्वेक्षण अनुसार यसमध्ये महिला ७.१ प्रतिशत र पुरुष ९२.९ प्रतिशत छन् । गन्तव्य मुलुकको विविधीकरण गर्ने क्रममा सरकारले हालसम्म १११ देशलाई संस्थागत रूपमा श्रम स्वीकृत खुला गरेको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म (पहिलो आठ महिनामा)भने कुल ५ लाख २५ हजार ५ सय १३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । यसमध्ये नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या २ लाख ७३ हजार ५ सय ३० रहेको छ ।
जुन गत वर्षको सोही अवधिको तुलनामा १३.७ प्रतिशतले कम हो । तर बिदामा आएर पुनः श्रम स्वीकृति (नवीकरण) लिएर जानेको संख्या भने १५.९ प्रतिशतले बढेर २ लाख ५१ हजार ९ सय ८३ पुगेको छ ।
चालु वर्षमा बिदेसिने कुल कामदारमध्ये पुरुषको हिस्सा ८७.९ प्रतिशत र महिलाको हिस्सा १२.१ प्रतिशत रहेको छ । आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा इपिएस प्रणालीमार्फत मात्रै सन् २०२६ को जनवरीदेखि मे २१ सम्म थप २ हजार ४ सय ८२ नेपाली कामदार कोरिया गएका छन् ।
नेपालीहरू बिदेसिने क्रम जारी रहँदा नेपालमा काम गर्न आउने विदेशीको तथ्याङ्क पनि सर्वेक्षणले देखाएको छ । चालु आर्थिक वर्षको फागुनसम्म ३९५ जना गैर–नेपाली नागरिकले नेपालमा काम गर्न नयाँ श्रम स्वीकृति लिएका छन् भने ८९० जना विदेशी नागरिकले आफ्नो श्रम स्वीकृति नवीकरण गराएका छन् ।
सर्वेक्षणले वैदेशिक रोजगारीको अँध्यारो पाटोको रूपमा रहेको मृत्यु र अङ्गभङ्गको तथ्याङ्क पनि सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीको सिलसिलामा १ हजार ८६ जना नेपाली कामदारले ज्यान गुमाएका छन् ।
सोही अवधिमा मृतकका परिवार तथा हकवालालाई क्षतिपूर्ति बापत ६३ करोड २२ लाख प्रदान गरिएको छ । यसै अवधिमा गम्भीर बिरामी तथा अङ्गभङ्ग भएका ६०१ जना कामदारले आर्थिक सहायता पाएका छन् भने ज्यान गुमाएका श्रमिकका ३ हजार ४ सय ८७ जना सन्ततिले शिक्षामा छात्रवृत्ति सुविधा पाएका छन्।
वैदेशिक रोजगारजन्य ठगीका घटनामा पनि सरकारले कानुनी कारबाही अघि बढाएको छ । चालु आर्थिक वर्षको फागुनसम्म २७३ वटा मुद्दा अदालतमा दायर भई क्षतिपूर्ति बापत ३ करोड ५० लाख १८ हजार ६ सय रुपैयाँ पीडितलाई उपलब्ध गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण