नेप्से परिसूचकमा सामान्य अंककाे वृद्धि, कारोबार रकम ६ अर्बभन्दा बढी
सारांश
- साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.९९ अंकले बढेर २ हजार ७८२.१० विन्दुमा पुगेको छ ।
- बुधवार ३५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार कित्ता शेयर ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ ।
- कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ ।
काठमाडौ । साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक सामान्य वृद्धि भएर बन्द भएको छ ।
बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको हो । नेप्से परिसूचक ४.९९ अंकले बढेर २ हजार ७८२.१० विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.२१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंकले बढेको छ ।
आज कारोबारमा आएका ३५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार कित्ता सेयर ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ । पछिल्लो धेरै काराबारपछि बुधवार कारोबार रकम पनि बढेको छ । मंगलबार ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री थियो।
नेप्सेका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ्ग, म्युचुअल फण्ड, निर्जीवन बीमा विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।
कालिञ्चोक हाइड्रोपावरको सेयरमूल्य १४.९८ प्रतिशत बढेको छ । त्यस्तै बुंगल हाइड्रोको सेयरमूल्य करिब साढे १३ प्रतिशतभन्दा बढी बढेको छ। तर यता सानिमा डिबेञ्चर २०८९ को मूल्य भने ६.६४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनीको ७१ करोड २२ लाख ३३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण