छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ देखि काठमाडौँमा
सारांश
- आदिवासी जनजाति चलचित्र महासङ्घले 'छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव - २०८३' जेठ १७ गतेदेखि काठमाडौँमा आयोजना गर्दैछ ।
- यो महोत्सव आदिवासी जनजाति समुदायको इतिहास, भाषा, संस्कृति र मौलिक संकथनलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
- महोत्सवमा विभिन्न समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेटेड विधामा विशेष प्रस्तुतिहरू रहनेछन् ।
काठमाडौँ । आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजनामा ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८३’ जेठ १७ गतेदेखि सुरु हुने भएको छ ।
काठमाडौँस्थित चलचित्र विकास बोर्डमा जेठ १७, १८ र १९ गते आयोजना हुने भएको हो । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आदिवासी जनजाति चलचित्र महासङ्घले नेपालजस्तो बहु–भाषिक, बहु–सांस्कृतिक र बहु–धार्मिक विशेषता बोकेको मुलुकमा आदिवासी जनजाति समुदायको इतिहास, भाषा, लिपि, संस्कृति, सामुदायिक स्मृति र मौलिक संकथनलाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो । महोत्सवका निर्देशक सागर केरुङका अनुसार यस वर्षको महोत्सव केवल चलचित्र प्रदर्शनको औपचारिक कार्यक्रम मात्र नभई सांस्कृतिक न्याय, आत्म–प्रतिनिधित्व, भाषिक पुनर्जागरण र औपनिवेशिकता विरुद्धको प्रतिरोध एवं सिनेमाटिक आन्दोलनको रूपमा रहनेछ ।
महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, र वृत्तचित्रहरू प्रदर्शन गरिने बताइएको छ ।
नेवारी चलचित्र स्वयंगु – निर्देशक दिनेश लिङदेन, गुरुङ चलचित्र डल्स्यो रामरानी– निर्देशक जनक गुरुङ, तामाङ चलचित्र ह्याङ तामाङ, निर्देशक निमा लामा, मगर चलचित्र दिलसरा– निर्देशक अशोक आले रहेको चलचित्र प्रदर्शन हुनेछन् ।
यस्तै लघु चलचित्रतर्फ तहरसिङ– निर्देशक सागर केरुङ,दुख्ला ग्याम– निर्देशक हुतबहादुर तामाङ, निको पहिचान– निर्देशक बिपना तामाङ,लाहुरेनी– निर्देशक विशाल रोक्का मगरको प्रदर्शन हुनेछ । वृत्तचित्र र एआई जेनेरेटेड विधामा समेत विशेष प्रस्तुतिहरू रहने महासङ्घले जनाएको छ ।
उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलगायत प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
महासङ्घका कार्यवाहक अध्यक्ष भुइसल लामाका अनुसार आदिवासी चलचित्रलाई केवल मनोरञ्जनको रूपमा मात्र नभई सामाजिक, सांस्कृतिक र राजनीतिक दस्ताबेजको रूपमा आत्मसात् गर्नुपर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण