किष्ट शिक्षण अस्पतालद्वारा २०० भन्दा बढी अंगदाता सम्मानित
काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल अन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले बिहीबार एक विशेष समारोहका बिच २०० भन्दा बढी अंगदाताहरूलाई सम्मान गरेको छ । मानव जीवन बचाउने महान् कार्यमा योगदान पुर्याउने दाताहरूप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजित उक्त “अंगदाता सम्मान कार्यक्रम” को उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गरे ।
निजी क्षेत्रका अस्पतालहरूमध्ये सबैभन्दा धेरै अङ्ग प्रत्यारोपण गर्ने पहिचान बनाएको किष्टले विगत पाँच वर्षदेखि उच्च सफलता दरका साथ सेवा प्रदान गर्दै आएको छ । अस्पतालका अनुसार हालसम्म २०२ जनाको मिर्गौला र १५ जनाको कलेजो सफलतापूर्वक प्रत्यारोपण गरी बिरामीहरूलाई ‘दोस्रो जीवन’ प्रदान गरिएको छ ।
अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गर्दै ‘एनएबिएच’ प्रमाणीकरण प्राप्त यस अस्पतालले नेपालकै इतिहासमा पहिलोपटक ‘डुअल ट्रान्सप्लान्ट’ (मिर्गौला र कलेजो एकैसाथ प्रत्यारोपण) गरी कीर्तिमान कायम गरेको छ । यस्तै अस्पतालले ‘पेयर एक्सचेन्ज’ र अत्याधुनिक दुरबिन प्रविधिबाट समेत सफल प्रत्यारोपण गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै वक्ताहरूले अंगदानलाई समाजकै महान् कार्यका रूपमा व्याख्या गर्दै यसबारे व्यापक जनचेतना फैलाउनुपर्नेमा जोड दिए । उपत्यकाका अधिकांश नगर प्रमुखहरू, नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वहरू र स्वास्थ्य विज्ञहरूको उपस्थिति रहेको उक्त समारोहमा अस्पतालले सम्पूर्ण अंगदाता र उनीहरूका परिवारप्रति विशेष सम्मान प्रकट गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण