उम्रिएको आलु खानु स्वास्थ्यको लागि हुन्छ खतरनाक ?
सारांश
- लामो समयसम्म भण्डारण गर्दा आलुमा टुसा आउन थाल्छ, जसलाई अङ्कुरित आलु भनिन्छ ।
- अङ्कुरित आलुमा सोलनाइन र चाकोनाइन नामक विषालु तत्त्वहरू बढ्छन्, जुन मानव स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।
- टुसा आएको, हरियो भएको वा नरम भएको आलु खाँदा फूड पोइजनिङ, पेट दुख्ने, बान्ता हुने जस्ता समस्या हुन सक्छन् ।
काठमाडौँ । लगभग हरेक घरमा दैनिक रूपमा आलुको प्रयोग हुन्छ । जब घरमा अरू तरकारी हुँदैन, तब आलुको तरकारी, भुजिया वा भरता बनाएर सजिलै खाइन्छ । आलु बिना त भान्सामा काम नै हुन्न ।
यसलाई अनेकौँ तरकारीमा पनि प्रयोग गरिन्छ । धेरैले आलुलाई तरकारीको राजा पनि भन्छन् । आलुको प्रयोग नेपालीको भात भान्सामा यति धेरै हुन्छ कि हामी किलोका किलो आलु किनेर राख्छौँ ।
तर लामो समयसम्म राखेर आलु प्रयोग गर्दा यसमा टुसा आउन छाल्छ । यस्तो आलु देख्दा तपाईंको मनमा ‘टुसा पलाएको आलु खानु स्वास्थ्यका लागि सुरक्षित हो कि होइन ?’ होला भन्ने प्रश्न त पक्कै उठ्छ होला ।
के हो अङ्कुरित आलु ?
जब हामीले लामो समयसम्म प्रयोग नगरीकन आलु राख्छौँ त्यसमा साना अङ्कुरहरू निस्किन थाल्छन् । समयसँगै ती अङ्कुरहरू ठुलो हुँदै जान्छन् । यस्तो अवस्थालाई अङ्कुरित आलु भनिन्छ । यो समस्या प्रायः आलुलाई तातो ठाउँमा, भान्सामा ग्यास चुल्हो नजिक वा लामो समयसम्म भण्डारण गर्दा देखिन्छ ।
अङ्कुर आएपछि आलुमा के परिवर्तन हुन्छ ?
जब आलुमा अङ्कुर आउन थाल्छ, तब यसमा प्राकृतिक रूपमा सोलनाइन र चाकोनाइन नामक विषालु तत्त्वहरू बढ्न थाल्छन् । यी तत्त्वहरूले बोटलाई कीरा र फङ्गसबाट बचाउँछन् । तर यिनीहरू मानिसका लागि हानिकारक हुन सक्छन् ।
उम्रिएको आलु खानुका हानी
उम्रिएको आलु खानुका कुनै पनि फाइदा छैन । उम्रिएको वा हरियो आलु सकेसम्म नखान विज्ञहरू भन्छन् । तर यस्ता आलु खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् । यसले फूड पोइजनिङको खतरा बढ्न सक्छ । पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने समस्या हुन सक्छ । टाउको दुख्ने र कमजोरी महसुस हुन सक्छ । धेरै मात्रा खाँदा स्नायु प्रणालीमा असर पर्न सक्छ । चक्कर लाग्ने, भ्रम हुने र अत्यधिक कमजोरी हुन सक्छ । बालबालिका र वृद्धहरूका लागि यो अझ बढी जोखिमपूर्ण हुन्छ । आलु हरियो भएको छ भने त्यसमा सोलनाइनको मात्रा बढी हुन्छ । यस्तो आलु त झन् खानै हुँदैन ।
कस्तो अवस्थामा खानु हुन्न उम्रिएको आलु ?
- धेरै ठुलो अङ्कुर निस्किएको भए
- आलु नरम वा सुकिएको भए
- आलु हरियो देखिएमा
- दुर्गन्ध आएको भए
खान मिल्छ हल्का टुसा आएको आलु ?
यदि अङ्कुर सानो छ र आलु हरियो भएको छैन भने अंकुरिएको भाग काटेर राम्ररी पकाएर खान सकिन्छ । तर धेरै अंकुरिएको वा हरियो आलु भने पूर्ण रूपमा नखानु नै सुरक्षित हुन्छ ।
कसरी बचाउने आलुलाई अङ्कुरित हुनबाट ?
- आलु चिसो र सुख्खा ठाउँमा राख्ने
- घामबाट टाढा राख्ने
- फ्रिजमा राख्न नहुने
- आलु र प्याज सँगै भण्डारण नगर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण