रामायन’ले मेरो जीवन बदल्यो, छोरीका लागि अझ राम्रो व्यक्ति बनेँ – रणवीर कपूर
मुम्बई । बलिउड अभिनेता रणवीर कपूरले बहुप्रतीक्षित फिल्म रामायनमा भगवान् रामको भूमिका निर्वाह गर्ने क्रममा आफ्नो जीवनमा गहिरो परिवर्तन आएको बताएका छन् ।
उनले फिल्ममा काम गर्नु आफ्नो करिअर मात्र नभई जीवनकै परिभाषा बदल्ने अनुभव बनेको बताएका हुन् ।
‘टप म्यागजिन’सँगको अन्तर्वार्तामा रणवीरले ‘रामायण’ले आफूलाई जीवन, त्याग, धर्म र क्षतिलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको बताए । ‘यो मेरो करिअरलाई मात्र होइन, जीवनलाई परिभाषित गर्ने अनुभव बन्यो । रामायण र भगवान् रामको यात्रालाई बुझ्ने अवसरले मेरो जीवनमा धेरै सकारात्मक परिवर्तन ल्यायो । मेरा केही खराब बानीहरू परिवर्तन भए, मूल्य प्रणाली बदलियो र जीवनलाई हेर्ने दृष्टिकोण परिपक्व बन्यो,’ उनले भने ।
रणवीरले फिल्ममा भगवान् रामजस्तो ऐतिहासिक र पूजनीय पात्रको भूमिका निर्वाह गर्न आफू योग्य छु कि छैन भन्ने शंका सुरुमा लागेको पनि स्वीकार गरे । तर समयसँगै त्यो डर प्रेम, सम्मान र कृतज्ञतामा बदलिएको उनको भनाइ छ ।
उनले आफ्नो छोरी राहा कपूरको जन्म र ‘रामायन’मा काम गर्ने समय एकैसाथ परेको उल्लेख गर्दै त्यसलाई जीवनको सुन्दर संयोग बताएका छन् । ‘राहाले मलाई राम्रो व्यक्ति बनाइन् र रामायणले राहाका लागि अझ राम्रो व्यक्ति बन्न सिकायो । सबै कुरा एकआपसमा जोडिएको थियो,’ उनले भने ।
निर्देशक नितेस तिवारीको निर्देशनमा निर्माण भइरहेको ‘रामायन’ भारतीय सिनेमाकै सबैभन्दा महँगो फिल्ममध्ये एक मानिएको छ । करिब ४ हजार करोड भारतीय रुपैयाँको लागतमा निर्माण भइरहेको यो दुई भागको महाकाव्यात्मक फिल्ममा साई पल्लवी सीताको, यश रावणको तथा सनी देवल हनुमानको भूमिकामा देखिँदैछन् ।
फिल्मको पहिलो भाग सन् २०२६ को तिहारमा र दोस्रो भाग सन् २०२७ को तिहारमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण