नासों गाउँपालिकामा भारतले ५ शय्याको अस्पताल बनाइदिने
पोखरा । मनाङको नासों गाउँपालिकामा भारतीय एम्बेसीले ५ शय्याको अस्पताल निर्माण गरिदिने भएको छ ।
नासों ५ थोंचेमा बिहीबार भवनको शिलान्यास गरिएको हो । भारतीय राजदूतावास काठमाडौंका नियोग उपप्रमुख डा. राकेश पाण्डे र नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा भवनको शिलान्यास गरे ।
अस्पताल भवन निर्माणका लागि भारत सरकारले ५ करोड ६० लाख रुपैयाँ सहयोग गरेको छ । उच्च प्रभाव सामुदायिक विकास आयोजना अन्तर्गत निर्माण हुन लागेको परियोजनाको कार्यान्वयन नासों गाउँपालिकाले नै गर्नेछ । पालिकाले धेरै पटक पहल गरेपछि दूतावासले आयोजना छनोट गरेको थियो ।
पालिका अध्यक्ष गुरुङले भारत सरकारले गरेको सहयोगले नागरिकको स्वास्थ्यमा टेवा पुग्ने बताए । भवन बनेपछि आफ्नै क्षेत्रमा सहज स्वास्थ्य सेवा पाउने पालिकाबासीको चाहना पूरा हुने उनको भनाइ छ । ‘धेरै पटक संघ सरकारसँग योजना माग गर्यौँ । सरकारले सुनुवाइ गरेन,’ उनले भने, ‘पछि भारत सरकारले चासो दिएर बजेट विनियोजन गरिदियो, धन्यवाद छ ।’
छिमेकी देशका रूपमा भारत र नेपालबीच बहुपक्षीय क्षेत्रमा सहकार्य हुँदै आएको छ । एचआइसिडीपी कार्यक्रम मार्फत नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरूमा पूर्वाधार निर्माण गर्न भारतले सहयोग गर्दै आएको पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण