मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

राइड सेयरिङ गर्ने दुई पाङ्ग्रेलाई अब कालो नम्बर प्लेट, कोशी प्रदेशसभाको गतिरोध अन्त्य

आइतबार, १७ जेठ २०८३, ०० : ००
आइतबार, १७ जेठ २०८३

सारांश

  • सरकारले नयाँ आर्थिक ऐन मार्फत रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने व्यवस्था गरेको छ ।
  • कोशी प्रदेशसभामा जेठ १२ गतेदेखि जारी अवरोध दलहरूबिचको सहमतिपछि अन्त्य भएको छ ।
  • नेकपा एमालेले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला आगामी जेठ २० र २१ गते काठमाडौंमा आयोजना गर्ने भएको छ ।

काठमाडौँ । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ ।

१. राइड सेयरिङ गर्ने दुई पाङ्ग्रेलाई कालो नम्बर प्लेट

रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने भएका छन् । सरकारले ल्याएको नयाँ आर्थिक ऐनमा यस्तो व्यवस्था गरिएको हो । 

२. कोशी प्रदेशसभाको गतिरोध अन्त्य

कोशी प्रदेशसभामा जेठ १२ गतेदेखि जारी अवरोध दलहरूबिचको सहमतिसँगै अन्त्य भएको छ । आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख र दलका नेताहरूबिच गतिरोध अन्त्य गर्ने सहमति भएको हो ।

३. जेठ २० र २१ गते एमालेको राष्ट्रिय कार्यशाला

नेकपा एमालेले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला आगामी जेठ २० र २१ गते काठमाडौंमा आयोजना गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज महासचिव शंकर पोखरेलको आतिथ्यतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।

४.  राप्रपामा नयाँ पार्टी गठनको होमर्वक  

राप्रपाका महामन्त्री धवलशमशेशर राणा नयाँ पार्टी गठनको होमवर्कमा जुटेका छन् । उनले राप्रपा महामन्त्री पद परित्यागको घोषणा गरेर पार्टी गठन गर्ने तयारी गरेका हुन् ।

५. नयाँ बजेट बोझिलो भएको कांग्रेसको आरोप

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकारले प्रस्तुत गरेको नयाँ बजेटको तीव्र आलोचना गर्दै यसलाई आर्थिक रूपमा बोझिलो र वितरणमुखी भएको टिप्पणी गरेका छन् ।

६. भारतबाट उद्धार गरिएका ४५३ नेपाली स्वदेश फिर्ता 

भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट उद्धार गरिएका ४५३ जना नेपालीलाई बेलहिया नाका हुँदै स्वदेश फर्काइएको छ। भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले कुशीनगर पुगेर उनीहरूको उद्धार गरेको हो।

७. भाडाका सवारी साधनको वार्षिक कर ह्वात्तै बढ्यो

सरकारले भाडामा प्रयोग हुने विभिन्न प्रकारका सवारी साधनहरूको वार्षिक आयकरको दरमा उल्लेख्य वृद्धि गरेको छ ।

८. फिजीमा बन्दरगाह बनाउँदै ‘क्वाड’

भारत, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जापानका विदेशमन्त्रीहरूले यसै साता नयाँ दिल्लीमा भएको बैठकपछि प्रशान्त महासागरको रणनीतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण टापु राष्ट्र फिजीमा संयुक्त रूपमा बन्दरगाह पूर्वाधार विकास गर्ने योजना घोषणा गरेका छन् ।

यी चार देशहरूको समूहलाई ‘क्वाड्रिल्याटरल सेक्युरिटी डायलग एलायन्स’ (क्वाड) भनिन्छ। विगत दुई दशकदेखि यो समूहले एसिया–प्रशान्त क्षेत्रमा चीनको आर्थिक तथा राजनीतिक प्रभावलाई सन्तुलित राख्ने शक्तिका रूपमा काम गर्दै आएको छ ।

९. अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा नयाँ प्रमाण फेला 

अमेरिकाको भर्जिनियास्थित मनासास पार्कबाट नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको झन्डै दुई वर्षपछि यस प्रकरणमा नयाँ फरेन्सिक प्रमाण फेला परेको छ ।

१०. एमाले महासचिवको आरोप 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोगबारे सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन् ।

११. शनिबार विशेष

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार जारी बजेटप्रति मधेसमा आशा र निराशा दुवै पक्षबाट हेरिएको छ । कसैले यो बजेटलाई मधेसका लागि आशाको किरण मानेका छन् त कसैले खासै नयाँ कार्यक्रम नभएको प्रतिक्रिया दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप