सहकारी पीडितलाई सरकारको कोषबाट पैसा बाँडिएको छैन : प्रधानमन्त्री
आइतबार, १७ जेठ २०८३, १४ : १३
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले सहकारी पीडितलाई रकम सरकारी कोषबाट वितरण नगरिरहेको स्पष्ट पारेका छन् ।
- समस्यामा रहेका सहकारीहरूको रकम सरकारले जम्मा गरेर कोष खडा गरेको र त्यही कोषबाट रकम अहिले पीडितहरूलाई वितरण गर्ने प्रक्रिया सुरु गरेको उनले बताए ।
- सहकारीहरूबाट ३ करोड पैसा सरकारले जम्मा गरेर कोष बनाएको र अहिले ६० लाख बढी मात्रै पीडितलाई वितरण गरेको जानकारी दिए ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सहकारी पीडितलाई रकम सरकारी कोषबाट वितरण नगरिरहेको प्रस्ट पारेका छन् ।
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले समस्यामा रहेका सहकारीहरूको रकम सरकारले जम्मा गरेर कोष खडा गरेको र त्यही कोषबाट रकम अहिले पीडितहरूलाई वितरण गर्ने प्रक्रिया सुरु गरेको उनले बताए ।
उनले सहकारीहरूबाट ३ करोड पैसा सरकारले ल्याएर कोष बनाएको र अहिले ६० लाख बढी मात्रै पीडितलाई वितरण गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण