प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (माओवादी) को आपत्ति, आज देशव्यापी मशाल जुलुस गर्ने
सारांश
- नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादबारे संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
- पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइ राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता विरुद्ध रहेको बताइएको छ।
- माओवादीले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा आज साँझ ७ बजे देशभर मशाल जुलुस गर्ने कार्यक्रम घोषणा गरेको छ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादका सम्बन्धमा संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइ राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता विरुद्ध रहेको बताएका हुन् ।
जेठ १७ गते संसदमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले 'नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको रहेछ' भनी दिएको अभिव्यक्ति आपत्तिजनक र खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ। माओवादीले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता लगायतका दर्जनौं नेपाली भूमि भारतीय पक्षबाट मिचिएको दाबी गर्दै प्रधानमन्त्रीको पछिल्लो भनाइले भारतीय विस्तारवादलाई सहयोग पुग्ने आरोप लगाएको छ।
विज्ञप्तिमा प्रधानमन्त्रीको उक्त कदमलाई 'नवदलाल पुँजीवादी र राष्ट्रघाती चरित्र'को संज्ञा दिँदै यसले आम देशभक्त नेपालीको भावनामा चोट पुर्याएको उल्लेख गरिएको छ।
प्रधानमन्त्रीको यस अभिव्यक्तिको सशक्त प्रतिवाद गर्न भन्दै पार्टीले आजै साँझ ७ बजे देशभर मशाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण