मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

३० वर्षीया चर्चित ब्रिटिस गायिका दुआ लिपाले गरिन् बिहे

सोमबार, १८ जेठ २०८३, १६ : ५७
सोमबार, १८ जेठ २०८३

सारांश

  • चर्चित गायिका दुआ लिपा बेलायती अभिनेता क्यालम टर्नरसँग मे ३१ मा लन्डनमा विवाह गरिन् ।
  • लन्डनको ओल्ड मेरीलेबोन टाउन हलमा भएको विवाह समारोहमा परिवार र नजिकका साथीहरू मात्र उपस्थित थिए ।
  • क्रिश्चियन परम्पराअनुसार भएको विवाहमा दुआले डेनियल रोजबेरीले डिजाइन गरेको पहिरन र स्टीफन जोन्सले डिजाइन गरेको ह्याट लगाएकी थिइन् ।

लन्डन । सिङ्गिङ सेन्सेसन पप स्टार दुआ लिपाले बिहे गरेकी छन् ।

उनी बेलायती अभिनेता क्यालम टर्नरसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन् । यो जोडीले आइतबार मे ३१ मा लन्डनमा एक निजी समारोहमा विवाह गरेका छन् । यस समारोहमा परिवार र नजिकका साथीहरू मात्र उपस्थित थिए ।

संगीत र फिल्म उद्योगका यो प्रसिद्ध जोडीले लन्डनको प्रतिष्ठित ओल्ड मेरीलेबोन टाउन हलमा विवाह गरेका हुन् । यो ऐतिहासिक टाउन हलले धेरै सेलिब्रेटी विवाहहरू आयोजना गरेको छ । विवाहलाई पूर्ण रूपमा निजी राखिएको थियो । जोडीको विवाह गोप्य भए पनि, उनीहरूको विवाहको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । दुआ लिपाका पति क्यालम टर्नर पनि सामाजिक सञ्जालमा ट्रेन्डिङमा छन् । अभिनेतालाई नचिन्नेहरू उनी को हुन् भनेर जान्न उत्सुक छन् ।

क्रिश्चियन परम्पराअनुसार भएको बिहेमा दुआ लिपाले परम्परागत सेतो गाउन लगाएकी थिइन् । उनको स्टाइलिस र अनौठो लुक्सले सामाजिक सञ्जालमा हलचल मच्चाइरहेको छ । उनले गाउनको साथमा ब्रिटिश शैलीको कोर्ट स्कर्ट र ह्याट लगाएकी थिइन । हातमा उनले फूल बोकेकी थिइन् । आफ्नो विशेष दिनको लागि दुआले चर्चित प्रसिद्ध फेसन डिजाइनर डेनियल रोजबेरीले डिजाइन गरेको शियापरेली कौचर पहिरन लगाएकी थिइन् । उनले लगाएको ह्याट प्रसिद्ध मिलिनर स्टीफन जोन्सले डिजाइन गरेका थिए ।

क्यालम टर्नर क्लासिक नेभी ब्लु सुट र टाईमा सजिएका थिए । प्रशंसक र सेलिब्रेटीहरूले सामाजिक सञ्जालमा यो जोडीलाई माया वर्षाइरहेका छन् । सामाजिक सञ्जालमा उनीहरूको तस्बिरहरू बधाईले भरिएका छन् ।

डुआ लिपा र क्यालम टर्नर सम्बन्धमा रहेको हल्ला पहिलो पटक जनवरी २०२४ मा बाहिर आएको थियो । उनीहरू लन्डनमा आफ्टर–पार्टीमा सँगै देखिएका थिए । त्यसपछि उनीहरू धेरै अवसरहरूमा सँगै देखिए । सुरुमा उनीहरूले आफ्नो सम्बन्ध गोप्य राखे पनि २०२४ को जुलाईमा उनीहरूले सामाजिक सञ्जालमा यसलाई आधिकारिक बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप