सुधन गुरुङबारे छानबिन गरिरहेको समितिले माग्यो ५ दिन थप समय
सारांश
- पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन लेखन कार्य जारी रहेको भन्दै थप ५ दिनको समय मागेको छ ।
- मन्त्रिपरिषद्ले वैशाख २८ मा पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति गठन गरेको थियो, जसलाई सुरुमा १५ दिनको समय दिइएको थियो ।
- समितिले व्यवसायी दीपक भट्टको कम्पनीमा गुरुङले ५० लाख मूल्य बराबरको सेयर किनेको विषयमा छानबिन गरेको हो ।
काठमाडौँ । पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप ५ दिन समय मागेको छ । प्रतिवेदन लेखन कार्य जारी रहेको भन्दै समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सोमबार पत्राचार गरेको हो।
मन्त्रिपरिषद्ले वैशाख २८ मा पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति गठन गरेको थियो । समितिलाई सुरुमा १५ दिनको समय दिइएको थियो । छानबिन समितिमा महालेखा नियन्त्रक शोभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युतमणी नेउपाने सदस्य छन् ।
छानबिन पूरा भए पनि प्रतिवेदन लेखन कार्य बाँकी रहेको समितिका सदस्य अच्युतमणी नेउपानेले रातोपाटीलाई बताए । उनले भने, ‘गुरुङमाथिकाे छानबिन पूरा भएकाे छ, प्रतिवेदन लेखन कार्य बाँकी रहेकाले थप ५ दिन समय माग गरेका छौँ।’
समितिले यसअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई थप समय आवश्यक रहेको मौखिक रूपमा जानकारी गराएको थियो । समितिले सुधन गुरुङसँग बयान लिएको छ । गुरुङको बयान लिने काम सकिएको सदस्य नेउपानेले बताए । उनले भने, ‘अब प्रतिवेदन लेख्ने काम मात्रै बाँकी छ ।’
व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा उनको नाममा देखिएको सेयरबारे प्रश्न उठेपछि वैशाख ९ मा गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए।
रकमको श्रोतबारे प्रश्न उठेपछि उनले सापटी लिएर सेयर किनेको दाबी गरेका छन् । भट्टको कम्पनीमा उनले ५० लाख मूल्य बराबरको सेयर किनेको भेटिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण