टिकटकर तुलसी अधिकारीसँग आज पनि बयान लिइँदै
बुधबार, २० जेठ २०८३, १० : २७
सारांश
- टिकटकर तुलसी अधिकारीको बयान आज पनि ललितपुर जिल्ला अदालतमा लिइँदै छ ।
- अधिकारीको बयान दुई दिनदेखि अदालतमा चलिरहेको छ ।
- अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ ।
काठमाडौँ । टिकटकर तुलसी अधिकारीको बयान आज पनि ललितपुर जिल्ला अदालतमा लिइँदै छ । अधिकारीको बयान दुई दिनदेखि अदालतमा चलिरहेको छ ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा अधिकारीको बयान पुरा भएमा आजै थुनछेक बहस हुनेछ । थुनछेक बहस सकिएपछि अदालतले आदेश जारी गर्नेछ ।
अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर शनिबार राति काठमाडौँ ल्याइएको थियो । अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ ।
एक जना व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको छ । यो मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण