सिर्जना खत्रीको स्वरमा नयाँ गीत ‘फुलमाया’ सार्वजनिक
बुधबार, २० जेठ २०८३, ११ : ४०
सारांश
- गायिका सिर्जना खत्री 'हाउडेमाया'को नयाँ गीत 'फुलमाया' सार्वजनिक भएको छ।
- गीतमा शब्द, सङ्गीत सिर्जना खत्रीकै छ भने सङ्गीत संयोजन योगेश काजी श्रेष्ठले गरेका छन्।
- नितिन चन्दद्वारा निर्देशित म्युजिक भिडियोमा जङ्गलको पृष्ठभूमिमा 'ठमेल राज्य'को कथा र भोजको दृश्य देखाइएको छ।
काठमाडौँ । गायिका सिर्जना खत्री ‘हाउडेमाया’को नयाँ गीत ‘फुलमाया’ सार्वजनिक गरिएको छ । शब्द तथा सङ्गीत समेत खत्रीकै रहेको यस गीतको सङ्गीत संयोजन योगेश काजी श्रेष्ठले गरेका हुन् । गीतमा आयुष प्रितिलको र्याप छ ।
नितिन चन्दद्वारा निर्देशित यस म्युजिक भिडियोमा जङ्गलको पृष्ठभूमिमा एक काल्पनिक राज्य ‘ठमेल राज्य’को कथा र भोज (पार्टी)को दृश्य देखाइएको छ। भिडियोमा परम्परागत तथा आधुनिक शैलीको फ्युजन छ ।
भिडियोको नृत्य निर्देशन रूपेश थापाले गरेका हुन् भने छायाङ्कन रोहित सिंहको रहेको छ । भिडियोमा गायिका खत्रीको अलावा आयुष प्रितिल, दिपा शाही, सृजन खरेल लगायतको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण