लिपमोटर बी१० टप भेरियन्टको मूल्य घट्यो
काठमाडौं । नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर बी१० टप भेरियन्टको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ।
नेपालको नयाँ कर संरचना लागू भएसँगै गाडीको मूल्य २०२६ मोडलका लागि साविकको रु. ६० लाखबाट घटाएर रु. ५४.९९ लाख अर्थात् साविकको मूल्यभन्दा रु. ५ लाख कम कायम गरिएको कम्पनीले जनाएको छ।
यो परिमार्जित मूल्यले स्मार्ट र प्रविधिमैत्री इलेक्ट्रिक एसयूभी खोजिरहेका ग्राहकहरूका लागि लिपमोटर बी१० लाई थप पहुँचयोग्य बनाउने सांग्रिला मोटर्सका निर्देशक जय गोल्छाले विश्वास व्यक्त गरे । उनले भने, 'लिपमोटर बी१० टप भेरियन्टको मूल्य रु. ५ लाखले घटेर अब मात्र रु. ५४.९९ लाख कायम हुनुले नेपाली ग्राहकहरू माझ अत्यन्तै सुलभ मूल्यमा परिष्कृत इलेक्ट्रिक मोबिलिटी भित्र्याउने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ।'
लिपमोटर बी१०ले आधुनिक एसयूभी प्याकेजमा इन्टेलिजेन्ट टेक्नोलोजी, प्रिमियम आराम र उत्कृष्ट कार्यक्षमतालाई संयोजन गरेको कम्पनीको भनाइ छ । यसको टप भेरियन्ट ६७.१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री र १६० किलोवाट मोटर पावरका साथ उपलब्ध रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
-
ओलीको शिलालेख हटाइएको भन्दै एमाले चन्द्रागिरि नगर कमिटीको आपत्ति
-
रेनुलाई एसियाली पारा खेलकुदका लागि वाइल्ड कार्ड
-
कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन
-
'नेपालको जलस्रोत' सार्वजनिक : जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण