मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

आगामी निर्वाचनमा चमत्कार हुनेछ: महामन्त्री बुर्लाकोटी

मङ्गलबार, २६ जेठ २०८३, १२ : ५१
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले आगामी निर्वाचनमा जनताले चमत्कार गर्ने बताएका छन् ।
  • उनले आम नागरिकको रास्वपाप्रतिको अपेक्षा उच्च रहेको र पार्टीले योग्यता र इमान्दारिताका आधारमा जिम्मेवारी बाँडफाँड गर्ने बताए ।
  • उनका अनुसार हाल रास्वपामा ५ लाखभन्दा बढी सदस्यहरू आबद्ध भइसकेका छन् र पार्टीले देशको राजनीतिलाई नयाँ दिशा दिन खोजेको छ ।

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले आगामी निर्वाचनमा जनताले चमत्कार गर्ने बताएका छन् । जनताको विशाल अपेक्षा सहित आगामी निर्वाचनमा रास्वपाले चमत्कारिक मत प्राप्त हुने उनले बताए । 

रास्वपा बागमती प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले रास्वपाप्रति आमनागरिकको अपेक्षा निकै उच्च रहेको र खेती–किसानी गर्नेदेखि ज्याला–मजदुरी गर्ने आम नागरिकले रास्वपालाई ठूलो भरोसा गरेको बताए । उनले पार्टीमा योगदान, योग्यता र इमानदारिता नै जिम्मेवारीको मुख्य कसी हुने बताए । योग्यताको आधारमा जिम्मेवारी सम्बोधनका क्रममा महामन्त्री बुर्लाकोटीले पार्टी स्थापनाको छोटो समयमै १८२ सिट ल्याएपछि धेरै व्यक्तिहरू पद र टिकटको आशमा पार्टीमा जोडिन आएको बताए ।

'आम नागरिकको यो विशाल अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छौँ । स्थानीय तहबाटै परिवर्तन सम्भव छ र आगामी निर्वाचनमा लोभपाप नगरी योग्य उम्मेदवार उठाएर हामी त्यो परिणाम देखाउनेछौँ।' उनले भने, 'स्वार्थ राखेर आउनेहरूलाई म पूर्णतः गलत त भन्दिनँ । तर उनीहरू सक्षम र इमानदार छैनन् भने पार्टीले बिस्तारै पन्छाउँदै लैजानेछ । अब योग्यताको आधारमा मात्र पार्टीका जिम्मेवारीहरू बाँडफाँड हुनेछ । यदि कोही योग्य र इमानदार छ भने भर्खरै जोडिए पनि उसलाई काम गर्ने अवसर दिइनेछ। तर, पार्टीमा पहिलेदेखि योगदान गरेका र विचारलाई समर्थन गरेका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर 'एक नम्बर' थपिनेछ।'

उनका अनुसार हाल रास्वपामा ५ लाखभन्दा बढी सदस्यहरू आबद्ध भइसकेका छन् । पार्टीको परिपक्वता र नेतृत्व रास्वपाले देशको राजनीतिलाई नयाँ दिशा दिन खोजेकाले अरू दलका नेताहरूले समेत रास्वपाबाट परिवर्तन सम्भव रहेको स्वीकार गर्न थालेका छन् । व्यक्तिगत राजनीतिक भविष्यका लागि नभइ रास्वपा देशको भविष्यका लागि राजनीतिमा अघि बढेको उनले बताए । रास्वपालाई परिपक्व बनाउन र शासकीय प्रक्रियालाई अगाडि बढाउन हामी निरन्तर संवादमा रहेको उनको भनाई छ ।

महामन्त्री बुर्लाकोटीले रास्वपा एक ढिक्का भएर अगाडि बढ्ने र कसैलाई पाखा नलगाई योगदानको आधारमा अगाडि बढाउन पार्टी प्रतिबद्ध रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप